Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारवाही गर्न थापाकाे माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक भएको बताएका हुन् । 

उनले भनेका छन्- 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु  नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।'

उनले प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै यो सत्प्रयासमा आफुहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्बजनिक गरेकी थिइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा इँटाभट्टाको पर्खाल खसेर पुरिएका तीन मजदुरको मृत्यु, दुई घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएक...

भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै

झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछ...

धादिङमा ५२ किलो अफिम र भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपा...

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...

सात वर्ष लगाएर बनेको देवघाटको शवदाह गृह आफैं ‘बेवारिसे’

चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...

भारतमा चार वर्षपछि इन्धन महँगियो, नेपालमा भने ‘बानी परिसक्यो’

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...

अनुभवी खेलाडीसहित बेल्जियमको विश्वकप टोली घोषणा, लुकाकुमाथि सबैको नजर

काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्।  बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...

मैले सदन चलाउन सकिनँ भन्ने हल्ला गलत होः उपसभामुख ठाकुर

काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending