Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

दलहरू आ-आफ्नै अडानमा हुँदा संसद अधिवेशन अन्त्यकाे तयारी

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षको अडान र छानविन समिति नबनाउने सत्ता पक्षको अडानबीच संसद अधिवेशन अन्त्यको तयारी भएको छ।

विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविनको माग गर्दै संसद अवरोध गर्दै आएपछि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने बताइएको छ। मन्त्रिपरिषद बैठक आज एक बजेका लागि बोलाइएको छ।  कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने र सरकारले कुनै पनि हालतमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन नगर्ने भएपछि लगातार संसद प्रभावित हुँदै आएको छ।

पछिल्लो समय कांग्रेसको मागमा राप्रपा र लोसपाले पनि समर्थन गरेका छन् । आफूहरुको मागमा अन्य विपक्षी दलको पनि समर्थन बढेको भन्दै कांग्रेस मागबाट पछि नहट्ने रणनीतिमा रहेको छ।

कांग्रेस आफ्नो मागबाट पछि नहट्ने र सरकारले तत्काल छानविन समिति गठन गर्ने अवस्था नरहेपछि सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । त्यसका लागि अब बस्ने मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी रहेकाे बताइएकाे छ। सभामुख देवराज घिमिरेले बैशाख २ गतेलाई प्रतिनिधिसभा बैठक बोलाएका छन् । तर त्यसअघि नै संसद अधिवेशन अन्त्य हुने संभावना बढेको  स्राेतले बतायाे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीमाथि संसदीय छानविन समिति कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गरेको भन्दै छानविन समिति गठन नहुने बताइसकेका छन् । जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि समर्थन रहेकाे छ।

सत्तापक्षले आरोप लाग्ने वित्तिकै छानविन समिति गठन हुने हो भने कतिवटा छानविन समिति बनाउने भन्दै प्रश्न गरेको छ। तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने गृहमन्त्री निर्दोष भए छानविन समिति बनाउन के को आपत्ति भन्दै आएको छ। गृहमन्त्री लामिछानेको विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच टकरावको स्थिति पैदा भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउन गृहमन्त्री रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी  निर्णायक छ।

रास्वपा सरकारबाट बाहिरिए वर्तमान सरकार ढल्ने निश्चित छ । त्यसकारण पनि सरकार र सत्ता गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्र गृहमन्त्रीमाथि छानविनको लागि संसदीय छानविन समिति आवश्यक नभएको अडान राख्दै आएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशैँले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका सं...

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल...

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन...

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ...

आज दशैं टीका, कुन देशमा कुन समयमा छ साइत ?

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई...

नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

काठमाडौं ।  नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बन्ने  भएका छन् । रतन टाटाको निधनपछि ६७ वर्षीय नोएललाई ट्रस्टको जिम्मेवारी पाएका हुन् ।  नोएल रतनक...

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्...

कोशीको पहाडी भूभागमा टीकाको दिन पानी पर्ने

काठमाडौं । दसैंको टीकाको दिन शनिबार कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली ...

गायक सुगम पोखरेलकाे बाल्यकालकाे दशैं

छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ

पुल नहुँदा सँधै कष्टकर हुने यात्रा दसैँमा झन बिजोग

तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको  बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy