Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!

ज्योतिष जनक खड्का

श्री गणेशाय नमः 

यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् । यसकारण यस वर्ष सवै प्राणीहरुले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मंगल र मन्त्री शनी रहनाले देशमा झगडा, द्धन्द र विवाद अत्याधिक बढ्न सक्छ । शनि र मंगलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ । यस बर्ष जल संख्या ९६ र भुमि जल संख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्याधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोगव्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ । व्यवसायीको लागि खासै राम्रो रहने छैन । यस वर्षको सवै राशिको वैदिक राशिफल यसप्रकार रहनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यावसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्न सक्छ । खर्च भने बढ्न सक्छ । वैशाखमा मन परिवर्तन हुनसक्छ । पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ । ब्यापार ब्यावसायमा वृद्धि हुनेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । जेठ, असारमा आम्दानीको वृद्धि हुनेछ । असोज, माघ र फागुन महिना शुभ फलदायक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : यो वर्ष समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मन मुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । असोजबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नु होला । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । कृषि काममा फाइदा मिल्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । साउन, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायक रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

यो वर्ष समय ठीकै छ । कहिलेकाँही मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा वा संकटमा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । सामाजिक कार्यमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन । अध्ययन अध्यापनमा रूची बढ्नेछ । घरायसी काममा विवाद बढ्नेछ । वैशाख, भदौ, मंसिर, फागुन र चैत्र महिना शुभ फलदायी रहनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो वर्ष समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि परिवारबाट मिल्ने छ । साझेदारी काममा फाइदा मिल्नेछ । बैदेशिक काममा लाभ मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ वैशाख, जेठ, असोज र चैत्र महिना सुभ फलदायी रहनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो वर्ष समय ठिकै छ । अध्ययनमा मन जानेछ । कार्यमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल हुनेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । असोजपछि स्वास्थ्यमा सुधार आउनेछ । जेठ, असार, कात्तिक र माघ महिना सुभ फलदायी रहनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : यो वर्ष समय राम्रो छ । मनमा सामान्य चिन्ता भए तापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्न सक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । काममा केही चुनौतिको सामना गर्नु पर्नेछ । प्रयासहरू सकारात्मक रहनेछन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । असार, साउन, फागुन र चैत महिना शुभ फलदायी रहनेछन् ।

तुला (र, रि, ?, रे, रो, ता, ति, तु, ते) ः यो वर्ष समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक विवाद हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । साझेदारी ब्यापारमा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ घरायसी काममा रूची बढ्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ ।  साउन, कात्तिक, पुस र चैत महिना सुभ फलदायी रहनेछन् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो वर्ष समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । साझेदारी काममा समस्या आउन सक्छ । समग्रमा राम्रो छ । वैशाख, भाद्र, आश्वीन र माघ महिना शुभ फलदायी रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : यो वर्ष समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला । नोकरीमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोकिएका अधुरा पुरा हुनेछन । जेठ, असार, माघ र फागुन महिना सुभ फलदायी रहनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : यो वर्ष समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ भने रोकिएका कामहरु सुचारू हुनेछन । लेनदेनमा विवादबाट बच्नुहोला । असार, असोज, कात्तिक, मंसिर र चैत्र महिना शुभ फलदायी रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ः यो वर्ष समय मध्यम छ । मेहनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । पुरानो समस्याको समाधान हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसँग विवादवाट बच्नुहोला । धेरै खर्च बाट बच्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवादबाट बच्नुहोला । मन कमजोर हुनसक्छ । आवेगमा विवेकले कार्य गर्नुहोला । वैशाख, असार, मंसिर, पुस महिना सुभ फलदायी रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ः यो वर्ष समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको वृद्धि हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा केहि समस्या आउनसक्छ । सामाजिक र धार्मिक काममा व्यस्त रहनु शुभ हुनेछ । अध्ययनमा सफलता, धनमा संघर्ष हुनसक्छ । मुद्धा मामिलाबाट बच्नुहोला । जेठ, भाद्र, पौष, माघ महिना सुभ फलदायी रहनेछन् ।

पुनश्चः राशिफलमा जेजस्तो बताएतापनि वताईएको भएता पनि जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरूको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार सत प्रतिशत मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलाई राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको यो वर्ष शुभ रहोस् । हार्दिक शुभकामना  ।

लेखक सञ्चारकर्मी तथा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्र, तिनकुने काठमाडौं का सञ्चालक हुन् । उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending