Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

बन्दको विकल्प खोज्न माग गर्दै र्‍याली

\"Chitawanचितवन । चितवनका उद्योगी व्यवसायीले काम गरेर खाने वातावरण सिर्जना गर्न सरकार र सरोकारवाला पक्षसँग माग गरेका छन् । आइतबार चितवनको नारायणगढमा स्वतःस्फूर्त रुपमा शान्ति र्‍याली निकाली बन्दको विकल्प खोज्न आन्दोलनरत पक्षसँग माग गरेका छन् । व्यवसायी कुलप्रसाद शर्माले आफूहरुलाई राजनीतिबाट टाढा राखी काम गर्ने वातावरण दिन आग्रह गरे । व्यवसायीहरुले यसको नेतृत्व लिन भन्दै उद्योग वाणिज्य सङ्घ चितवनमा पुगेर दबाबसमेत दिएका छन् । सङ्घले आइतबार नै सो विषयमा बैठक बसेर छलफल गर्ने जनाएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले विभिन्न समूहको बन्द र आन्दोलनले लगातार उद्योग व्यवसाय प्रभावित भइरहेको भन्दै बन्द र हडतालका कार्यक्रमलाई रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न अपिल गरेको छ । सङ्घका अध्यक्ष कल्याण जोशीले हरेक आन्दोलनको पहिलो मार नै उद्योगी व्यवसायी हुने गरेको भन्दै माग राख्न पाउनु अधिकार भए पनि आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिए । लगातारको बन्दले व्यवसाय धरासायी भएको र करोडौँ ऋण लिएर व्यवसाय सुरु गरेकाहरुले ब्याजसमेत तिर्न नपाएको भन्दै यसतर्फ गम्भीर भइदिन आन्दोलनरत पक्ष र प्रशासनसँग जोशीले आग्रह गरेका छन् । सङ्घले यसअघि विज्ञप्ति नै निकालेर भूकम्पको मारमा परेका व्यवसायीलार्ई बन्दले थप आघात  पुर्‍याएको जनाएको छ । यता थारु कल्याणकारिणी सभा चितवनले अाइतबारदेखि हडताल घोषणा गरेको छ । आज गरेको बन्दका कारण चितवनको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दले स्कुल, उद्योग, कलकारखाना र बजारसमेत खुलेका छैनन् । बन्दकर्ताहरु विभिन्न चोकचोकमा बसेर प्रदर्शन गरिरहेका छन् । रोकिएका सवारी भने सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy