Ntc summer Offer
Khabar Dabali १३ माघ २०८१ आईतवार | 26th January, 2025 Sun
Investment bank

नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौँमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।  
    
गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसीसीसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६० औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूल...

हुलाकको नीति परिवर्तन गर्न आवश्यकः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताएको छन ।  पञ्च...

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो। राष्...

सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा

हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको ...

नक्कली भुटानी शरणार्थी प्रकरणः सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दाय...

फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त

वासिंगटन डिसी। अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् ।  अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका प...

आगामी १८ गतेदेखि हिउँदे अधिवेशन, पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं ।  संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।पहिलो दिन संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको सम्बोधन गर्न...

शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन । जनकपुरधाममा आज प्रधा...

प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा कमल डाँगी निर्वाचित

काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएको  छन ।  कमिटी...

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।  अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy