Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

‘देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन’

खबरडबली संवाददाता

काठमाडौं । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा  पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ  । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् । 

अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले सेवाप्रवाह सहज रूपमा  गराउन नसकेको जनताले गुनासो गरिरहेका छन् ।
 
मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छजस्तो लाग्छ । कतिपय नियमावली पनि संसद्ले नै बनाउने हो तर संसद्भित्रको प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ । हाम्रो संसद्मा दलीय प्रभाव ठूलो  छ । सांसदहरू पनि स्वतन्त्र हुनसकेका छैनन् । जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन । 

संसद्मा कुनै पनि दलको अहिले एकल बहुमत छैन । यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो । तर एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो । छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ । अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ । 

अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ । जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ । संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने, दबाब दिने अरु उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ ।

अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्रगतिमा भइरहेको छ । देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी भइरहेको छ । सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।

शिक्षामा पनि व्यापक सुधारको खाँचो छ । देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो । अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन् । कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ । विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौँदेखि देखिएका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ । विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिनसक्ने वातावरण बनाउन सकिन्छ । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन ।

मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ । मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो । म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु । त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ । कृषिप्रधान देश भन्छौँ नेपाललाई । कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौँ भन्ने महत्त्वपूर्ण पाटो हो । हरेक उत्पादनमा रोजगारी जोडिन्छ । 

बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन । जबसम्म देशमा चाहिने कुरा पूरा हुँदैनन्, पानीबिनाको माछाजस्तै हुन्छ । जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन् । अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ । उत्पादनतिर जोडेनौँ भने हाम्रो जग बलियो हुन सक्दैन । 

दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ । चुहावट छ । किसानले समस्या भोगेकै छन् । समयमा मलखाद पाउँदैनन् । पूर्वाधार धेरै बन्न बाँकी छन् । पूर्वाधार नभई त विकास नै हुँदैन । कैयौँ उद्योग बन्द छन् । खुलेका पनि राम्ररी चल्न सकेका छैनन् । सरकारी अस्पतालमा चाप बढी छ । निजी अस्पतालमा शुल्क महँगो छ । विद्यालयमा पनि त्यही समस्या छ । खेलकुदका लागि मैदान छैन ।
 
अहिले विश्वभर नै आर्थिक मन्दी छ ।  जनताले भोग्नुपरेका महँगी, बेरोजगारीलगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु । सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आ–आफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ । हामी सबैले जे जानेका छौँ त्यो गरौँ । प्राकृतिक स्रोतले धनी देश हो नेपाल । अहिले नै सोच्यौँ भने भोलिका पुस्ताका लागि काम लाग्छ । हाम्रो एकमात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो । जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ । निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ । देश र जनहितका काम गर्न  अब किञ्चित् विलम्ब गर्नु हुँदैन ।
 
एमालेकी सांसद सांसद जुलीकुमारी महतोसँग कुराकानीमा आधारित 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending