Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

हलेसीमा पन्ध्रदिने रामनवमी मेला

खबरडबली संवाददाता

खोटाङ ।  प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो ।

भोलि बुधबार रामनवमी पर्व हो । यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिए । 

“रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहि¥याउने गरिन्छ”, उनले भने, “महादेवलाई गहना पहि¥याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ ।” 

मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् ।   अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याएर आउना गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार रामनवमीका दिन सबैभन्दा बढी दर्शनार्थी यहाँ आउने भएकाले उनीहरुलाई सहजरुपमा पूजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । 

राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएपछि यहाँ आउने अधिकांश दर्शनार्थीले आफैँले सवारीसाधन लिएर आउने गरेका उनले बताए ।
पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन, मेलालाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताए । 

उनका अनुसार धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।  चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपासमा महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्वारलगायत द्वारहरू अवस्थित छन् । 

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसरमा लाग्ने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उनले बताए  ।   

पछिल्लो समय त्रिधार्मिकस्थलको मेलामा दर्शनार्थीको बाल्लो उपस्थिति हुन थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । 

दैनिक सैयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत वडा नं १, प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु दश लाख लागतमा विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हलेसी तुवाचुङ–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । 

मन्दिर परिसरमा सौर्यबत्ती नहुँदा साँझ र बिहान दर्शन गर्न आउनेलाई असहज भइरहेको गुनासो आएपछि सौर्यबत्ती जडान गरिएको उनको भनाइ छ । “महेन्द्रद्वय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठवटा ब्याट्रीमार्फत एक केभिए विद्युत् उत्पादन गरिएको छ”, उनले भने, “प्रत्येक पोलपोलमा विद्युत् पु¥याएर सेन्सर (अध्याँरोमा आफैँ बल्ने उज्यालोमा आफैँ बन्द हुने) सौर्यबत्ती जडान गरिएको हो ।”

रामनवमीको अवसरमा भोलि जिल्लाका बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने गरेको छ । त्रिधार्मिकस्थल हलेसीमा बाहेक अन्य ठाउँमा भोलि एक दिनमात्र मेला लाग्ने गरेको स्थानीयले बताएका छन् । 

पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा घुम्न तथा वनभोज ९पिकनिक० खान आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङलगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

रौतहट । रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वृ...

स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा २ सयको नि:शुल्क स्वास्थ्य परिक्षण

ललितपुर । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  स्व...

खलङ्गा बजार हरेक महिनाको पहिलो र अन्तिम शनिवार बन्द

सुर्खेत ।  जाजरकोटका व्यापारीहरूले महिनामा दुई दिन बजार बन्द गरेर फुर्सद पाउने भएका छन्। उद्योग वाणिज्य संघ जाजरकोटले गरेको निर्णयअनुसार अबदेखि हरेक म...

युवराजले ल्याए गीत ‘किन पीर मान्छौँ’

काठमाडौं । गायक युवराज छन्त्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन् । यस गीतमा उनलाई लोकप्...

‘मन चोर्नेहलाई कहाँ दिउँ उजुरी’ भन्दै आए डी.बी. गुरुङ

काठमाडौं । चर्चित गायक तथा संगीतकार डी।बी। गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको मौलिक कौडा गीतको भिडियो सार्वजनिक भएको छ । यस अगाडि सयौ...

नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

रौतहट । नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएक...

धनकुटामा घांटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम...

२०८४ मा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ को चुनावमा पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् । पार...

वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गा उत्खनन

सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ।  ऐलानी तथा सा...

वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गा उत्खनन

सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ।  ऐलानी तथा सा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending