काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका–२ घर भई चितवन भरतपुर महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुल बहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।
पक्राउ मध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, आकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५५ हजार रूपैयाँलिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुबै जनालाई बुधबार पक्राउ गरेको हो । साथै कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई काठमाडौं सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो ।
जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादु र राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२१
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...
पौष २० गते, २०८१ - ०९:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...
पौष २० गते, २०८१ - ०८:५३
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...
पौष २० गते, २०८१ - ०८:००
काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...
पौष २० गते, २०८१ - ०७:५८
जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...
पौष २० गते, २०८१ - ०७:४४
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...
प्रतिकृया लेख्नुहोस्: