तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलोले नै यसको संकेत गर्दछ । तिनै कम्प्युटरमा लागेको धुलो सफा गरेर वन्द रहेका कम्प्युटर सुचारु गर्नका लागि दुई जना युवाहरुलाई हम्मे हम्मे परेको छ ।
तर दुइदिनको निरन्तर खटाइ पश्चात कम्प्युटर ल्याबमा रहेका कप्प्युटर सफा मात्रै भएनन् बन्द अवस्थामा रहेका कम्प्युटर सञ्चालनमा समेत आए र केयौ दिनपछि विद्यार्थीहरुले कम्प्युटरका किबोर्ड थिच्न थाले ।
थवाङ्ग रोल्पामा रहेको विर बलभद्र माध्यमिक विद्यालयमा विग्रेर थन्किएका कम्प्युटरहरु तुलसीपुर मेट्रो कलेजमा आइटि अध्ययन गर्ने विद्यार्थीहरु आशिष चौधरी र अमित केसीले विद्यालयमै पुगेर मर्मत गरेका हुन् । एउटा विद्यालयको आवश्यकतालाई अर्को विद्यालयले पुरा गर्नका लागि सहयोग गर्ने परम्परा बसाल्नका लागि कलेजले यस्तो अभियान सञ्चालन गरेको हो ।
कलेजमा आइटि अध्ययनरत विद्यार्थीहरुले विग्रेका कम्प्युटर मर्मत गरेर बन्द अवस्थामा रहेको ल्याब सञ्चालनमा ल्याएका हुन् । विद्यालयको आर्थिक स्रोत सिमित हुने भएकाले कम्प्युटर मर्मतका लागि समस्या उत्पन्न भएको अवस्थामा कलेजले नै व्यवस्थापन गरेर मर्मत गरिदिदा नियमित ल्याब सञ्चालन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले बताए । ‘सामान्यरुपमा विग्रिएको भएपनि मर्मत गर्ने जनशक्ति नहुँदा समस्या आएको थियो, कलेजले नै जिम्मा लिएर मर्मत गरिदिएपछि विद्यालयले धेरै भार थेग्नु नपर्ने भयो’ प्रधानाध्यापक ओलीले भने ।
मर्मत गर्ने जनशक्तिको अभावमा कम्प्युटरहरु थन्किएको सूचना थाहा पाएपछि कलेज मै अध्ययनरत विद्यार्थीहरुसँग सहयोग लिएर मर्मत गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताए । उनले आइटीको प्रिडिप्लोमा तह अध्ययनरत विद्यार्थीहरुले कम्प्युटर मर्मत गरिदिएको पनि बताए । ‘हामीले जनशक्तिको सहयोगका साथै आवश्यकता अनुसार उपकरण पनि सहयोग गर्नेछौ’ कलेज प्रमुख आचार्यले बताए । उनले एउटा विद्यालयले सानो सहयोग गर्दा अर्को विद्यालयको पठनपाठन मै सहयोग पुग्छ भने सहयोग गर्नुपर्ने बताए ।
विद्यालयमा कम्प्युटर सामान्यरुपमा मात्रै विग्रिएको हुँदा अधिकांश कम्प्युटर मर्मत गरेपछि सञ्चालनमा आएको पनि विद्यालयका प्रधानाध्यापक ओलीले बताए । विद्यालयको केही डेस्क बेन्च पनि भाचिएकाले मेकानिकल अध्ययन गर्ने विद्यार्थीहरुलाई परिचालन गरेर मर्मत गरिने कलेज प्रमुख आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - २१:३४
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...
बैशाख ११ गते, २०८३ - २१:२५
काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ...
बैशाख ११ गते, २०८३ - २१:१३
काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...
बैशाख ११ गते, २०८३ - २१:०६
काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...
बैशाख ११ गते, २०८३ - २१:०४
काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...
बैशाख ११ गते, २०८३ - १९:२५
काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...
बैशाख ११ गते, २०८३ - १९:०८
पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...
बैशाख ११ गते, २०८३ - १९:०३
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...
बैशाख ११ गते, २०८३ - १८:५८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...
बैशाख ११ गते, २०८३ - १८:५६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...


प्रतिकृया लेख्नुहोस्: