Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

शुक्रबार किन बिक्रि हुन्छ धेरै कण्डम ?

खबरडबली संवाददाता

काठमाडौं । प्राय धेरै जसो मानिसहरूले शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन् । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ रहेको छ ।

काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउँछ ।  शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट विदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।

राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।

काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ? यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ६० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।

जाडो मौषममा अझ बढी कण्डम बिक्री हुने ग्रेस मेडिकल स्टोरका सञ्चालक भुबन भट्टको अनुभव रहेको छ । अरु दिन दैनिक २०० कण्डम बिक्री हुने गरेपनि शुक्रबार ४०० सम्म बिक्री हुने गरेको उनले बताए । जाडोमा रुई, फुई र दुई भन्ने नेपाली  उखान भए जस्तै गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको बुढापाका बताउँछन् ।

पछिल्ला दिनमा कामकाजी महिलाको संख्या बढ्दै गइरहेको छ । शुक्रबार आनन्दका साथ मिठो खाने र मनोरञ्जनका साथ रात बिताउने टेण्ड बढ्दै गएकाले यसो हुने गरेको वरिष्ठ चिकित्सक डा। नरेश प्रताप केसी बताउँछन् । यौन सम्पर्क पनि मनोरञ्जनको गतिलो साधन भएकोले विदाको अघिल्लो दिन शुक्रबार हरेक मानिस रमाइलो गरेर मनाउन चाहने भएकाले यसलाई अन्यथा लिनु नहुने परिवार नियोजन संघका निर्देशक डा। केसीले बताए । 

अरु दिनको तुलनामा शुक्रबार कुण्डमको विक्री दोब्बर हुने गरेको महाबौद्ध स्थित हनुमान फर्माका सञ्चालक नवराज खनाल बताउँछन् । उनले  हप्तामा सबैभन्दा बढी शुक्रबार नै बिक्री हुने गरेको बताए ।  गर्भधारणा हुनबाट बचाउने भएकाले अधिकांश महिला पुरुष यौन सम्पर्क गर्दा कण्डमको साहारा लिने गर्छन । यसका अलावा एड्सबाट बच्न र यौन रोगको संक्रमणको डरले पनि कण्डम प्रयोग गर्नेको संख्या बढी रहेको छ । नेपाली बजारमा दर्जनौ आकार प्रकारका कण्डम पाइन्छन । हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था रहेको छ । अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु नहुने प्रयोगकर्ताहरु बताउँछन्  ।

साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा ९४ इन्चदेखि ७ इन्चसम्म० निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली ९चल्लो पदार्थ० गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइएका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।

कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य फेरि साढे २ लाख नाघ्यो

काठमाडौं  । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसाय...

जेनजीको माग पूरा नभएसम्म निर्वाचन असम्भव : सुदन गुरुङ

काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...

‘हाम्रो साँघुटार बजार’ पुस्तकको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...

एकतामा जुट्दै कम्युनिष्ट नेताहरू, वाम शक्तिलाई एकै छातामुनि ल्याउने तयारी तीव्र

काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।  बागमती प्रदेशसभा सचिवालय भव...

बाजुरामा लोप हुँदै परम्परागत जाँतो, नयाँ प्रविधिले विस्थापित पुरानो संस्कार

बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...

कांग्रेस नेता दीपक खड्काको कम्पनीमाथि डोजर, स्काउटको जग्गा ओगटेर बनेको संरचना महानगरले भत्कायो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...

प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले गरे ओखलढुंगामा स्थानीयबासीसँग अन्तरक्रिया

समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह

प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की द्वारा प्रहरीलाई इमानदारी र जनसेवामा जोड

काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending