Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

शुक्रबार किन बिक्रि हुन्छ धेरै कण्डम ?

खबरडबली संवाददाता

काठमाडौं । प्राय धेरै जसो मानिसहरूले शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन् । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ रहेको छ ।

काठमाडौंका ठुला मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले यौन सम्पर्क गर्ने गरेको तथ्यले देखाउँछ ।  शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट विदा हुने भएकाले दम्पती र युवायुवती शुक्रबार यौन सम्पर्क गर्ने भएकाले कण्डमको बिक्री दोब्बर हुने गरेको मेडिकल हल र कण्डम हाउस सञ्चालक बताउछन् ।

राजधानीका अधिकांश होटेल, लज, गेष्टहाउस, भिलेज रिसोट पनि अरु दिनको तुलनामा शुक्रबार भरिभराउन हुने कारण मध्ये यौन सम्पर्क पनि प्रमुख कारण भएको होटेल, सिसोर्ट र लज सञ्चालकको अनुमान छ । कण्डमका साथै होटेल र रेष्टुराहरुमा मदिराको बिक्री पनि शुक्रबार बढी हुने गरेको पाइन्छ ।

काठमाडौंमा हरेक दिन कति कण्डम खपत हुन्छ ? यसको वास्तविक तथ्यांक कसैसँग नभए पनि दैनिक ६० हजार हाराहारी खपत हुने अनुमान स्वास्थ्य मन्त्रालय, राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको छ । तर शुक्रबार भने झण्डै एक लाखसम्म कण्डम बिक्री हुने गरेको मेडिकल सञ्चालकको दावी छ ।

जाडो मौषममा अझ बढी कण्डम बिक्री हुने ग्रेस मेडिकल स्टोरका सञ्चालक भुबन भट्टको अनुभव रहेको छ । अरु दिन दैनिक २०० कण्डम बिक्री हुने गरेपनि शुक्रबार ४०० सम्म बिक्री हुने गरेको उनले बताए । जाडोमा रुई, फुई र दुई भन्ने नेपाली  उखान भए जस्तै गर्मी मौषमको तुलनामा जाडोमा यौन सम्पर्क बढी हुनु स्वभाविक रहेको बुढापाका बताउँछन् ।

पछिल्ला दिनमा कामकाजी महिलाको संख्या बढ्दै गइरहेको छ । शुक्रबार आनन्दका साथ मिठो खाने र मनोरञ्जनका साथ रात बिताउने टेण्ड बढ्दै गएकाले यसो हुने गरेको वरिष्ठ चिकित्सक डा। नरेश प्रताप केसी बताउँछन् । यौन सम्पर्क पनि मनोरञ्जनको गतिलो साधन भएकोले विदाको अघिल्लो दिन शुक्रबार हरेक मानिस रमाइलो गरेर मनाउन चाहने भएकाले यसलाई अन्यथा लिनु नहुने परिवार नियोजन संघका निर्देशक डा। केसीले बताए । 

अरु दिनको तुलनामा शुक्रबार कुण्डमको विक्री दोब्बर हुने गरेको महाबौद्ध स्थित हनुमान फर्माका सञ्चालक नवराज खनाल बताउँछन् । उनले  हप्तामा सबैभन्दा बढी शुक्रबार नै बिक्री हुने गरेको बताए ।  गर्भधारणा हुनबाट बचाउने भएकाले अधिकांश महिला पुरुष यौन सम्पर्क गर्दा कण्डमको साहारा लिने गर्छन । यसका अलावा एड्सबाट बच्न र यौन रोगको संक्रमणको डरले पनि कण्डम प्रयोग गर्नेको संख्या बढी रहेको छ । नेपाली बजारमा दर्जनौ आकार प्रकारका कण्डम पाइन्छन । हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था रहेको छ । अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु नहुने प्रयोगकर्ताहरु बताउँछन्  ।

साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा ९४ इन्चदेखि ७ इन्चसम्म० निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली ९चल्लो पदार्थ० गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइएका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।

कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending