Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

भारतमा नेपाली चियाको निर्यात बन्द, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

खबरडबली संवाददाता

झापा  । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो ।

चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । नेपालबाट सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ ।

नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीकाअनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन ।

भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकामा एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending