मनाङ। यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको संख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भइरहेका युद्धका कारण पर्यटक आगमनमा कमी आएको हुनसक्ने सरोकारवालाको बुझाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पर्यटकीय सिजन सुरु भए पनि अपेक्षाअनुसार पर्यटक भित्रिन सकेका छैनन् । “गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन घटेको छ” उनले भने, “विश्वका विभिन्न स्थानमा देखिएको युद्ध र त्यसबाट सिर्जित त्रासका कारण धेरै पर्यटकले यात्रा योजना स्थगित गरेका छन् ।”
यद्यपि, चालु वर्षको अप्रिल महिनामा मनाङमा पर्यटक आगमन सन्तोषजनक देखिएको छ । सन् २०२६ को अप्रिल महिनामा कुल ७ हजार ७६२ पर्यटक मनाङ भित्रिएका छन् । तीमध्ये सार्क मुलुकबाट ८८४ र अन्य विदेशी मुलुकबाट ६ हजार ८७८ पर्यटक आएका छन् । यस अवधिमा ८५ देशका पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
लिङ्गगत आधारमा हेर्दा ४ हजार ५३० पुरुष, ३ हजार २३० महिला तथा अन्य दुई जना पर्यटक मनाङ पुगेका तथ्याङ्कमा उल्लेख छ । कुल संख्या ७ हजार ७६२ पुगेको छ ।
मनाङ क्षेत्र अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीय अर्थतन्त्र चलायमान बनाउने गर्दछ । होटल व्यवसायी, पर्यटन गाइड तथा यातायात क्षेत्रमा संलग्न व्यक्तिहरू पर्यटक घट्दा प्रत्यक्ष प्रभावित भएका छन् ।
स्थानीय व्यवसायीकाअनुसार यस वर्ष बुकिङ अपेक्षाभन्दा कम भएको छ । कतिपय होटलहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेका छन् भने केहीले खर्च धान्न कठिन भएको बताएका छन् । पर्यटनमा निर्भर स्थानीयले वैकल्पिक आम्दानीको स्रोत खोज्नुपर्ने अवस्था आएको छ ।
पर्यटन व्यवसायलाई पुन: चलायमान बनाउन अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ । साथै, पूर्वाधार विकास, सेवा सुविधा विस्तार र गुणस्तरीय आतिथ्यतामा सुधार गर्न सके आगामी दिनमा पर्यटक आगमन बढ्न सक्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...
श्रावण ११ गते, २०८३ - १२:४४
लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...
श्रावण ११ गते, २०८३ - १२:०३
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...
श्रावण ११ गते, २०८३ - ११:५३
काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...



प्रतिकृया लेख्नुहोस्: