काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ ।
चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । त्यस्तै महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका हुन् । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।
उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । त्यस्तै चेम्बरको राजश्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लव तथा मर्मत संभार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी, कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।
चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका छन् ।
यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा विमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा संजय कुमार अग्रवाल चयन भएका छन् ।
चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी, सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको चेम्बरले जानकारी दिएको छ ।
चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघी सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८१ - १७:१८
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...
श्रावण १० गते, २०८१ - १७:०४
बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...
श्रावण १० गते, २०८१ - १६:५५
काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...
श्रावण १० गते, २०८१ - १६:४७
उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी
श्रावण १० गते, २०८१ - १६:४१
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...
श्रावण १० गते, २०८१ - १६:३२
काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...
श्रावण १० गते, २०८१ - १६:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...
श्रावण १० गते, २०८१ - १६:०२
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...
श्रावण १० गते, २०८१ - १५:४६
काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...
श्रावण १० गते, २०८१ - १५:१२
काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...
प्रतिकृया लेख्नुहोस्: