Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गोरखा भूकम्पको नौ वर्ष पुरा हुँदा पनि पीडित अझै अस्थायी टहरामा

खबरडबली संवाददाता

गोरखा । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी  गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं  २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍यायो । 

भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांस नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि.कले जानकारी दिइन । 

साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउँदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नुपरेको उनले बताइन् । “गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारले भूकम्पपछि घर बनाउन पाएका छैनन्”, विकले भनिन्, “जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।”

अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविक स्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहे पनि घडेरीको अभावका कारण समस्या भएको उनको भनाइ छ । “गैह्रागाउँलाई सरकारले जीवित सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो”, विकले भनिन्, “त्यहाँका केही स्थानीयवासीले जग्गा दिन नमानेपछि त्यहाँ सङ्ग्रहालय बन्ने सकेन त्यसपछि समस्या भयो ।’’

स्मृति उद्यानको काम अलपत्र

भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिए । 

“पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिशत नै सकिएको छ”, उनले भने, “स्मृति उद्यानमा राख्नका लागि भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।” उद्यान निर्माणका क्रममा गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उनको भनाइ छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने छ । 

“अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी रहेको छ”, इन्जिनियर पङ्गेनीले भने, “गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।” स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताए । 

त्यस्तै उद्यानसम्म पुग्नका लागि चार सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झण्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए । 

तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पङ्गेनीले बताए । निर्माणमा ढिलाइ हुँदा पार्क निर्माण सम्पन्न गर्न सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको आयोजना कार्यालयले जनाएको छ । 

“उद्यान निर्माणको लगभग सकिएको छ”, भूकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो”, उनले भने, “हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौँ”, कार्यालयले भूकम्प स्मृति उद्यान निर्माणका लागि विसं २०७४ मङ्सिर १४ गते स्वच्छन्द/होम निर्माण जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।  सम्झौताअनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिए पनि ढिलो गरी भर्खरै मात्र  भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उनले बताए । 

इपिसेन्टरलाई पहाडको सहर बनाउने सपना

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भूकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरको रुपमा स्थापित हुन लागेको बताए । “भूकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो”, उनले भने, “भूकम्पले धेरै घर ध्वस्त थिए, भूकम्प पछाडि बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।”

अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भूकम्प स्मृति उद्यानले भूकम्पको केन्द्रविन्दु बारपाक मात्र नभएर गोरखा भूकम्पको अध्ययन र अवलोकन गर्ने अवसरसमेत प्रदान गर्ने बताए । “स्मृति उद्यानसँगै हामीले सङ्ग्रहालय बनाउने योजना पनि छ”, उनले भने, “सङ्ग्रहालयमा भूकम्प बेलाको चित्र, तस्बिर, भूकम्पका बेलाका भिडियोसहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयासपनि गर्नेछाैँ ।”

स्मृति उद्यान र सङ्ग्रहालयमार्फत गाउँपालिकाले नेपालभरका नागरिकलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपद्बाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन  चाहेको अध्यक्ष भट्टले बताए । “भूकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ”, उनले भने, बारपाकमा गल्लीलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै बारपाकलाई नयाँ पहाडी सहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छाैँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: