Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गोरखा भूकम्पको नौ वर्ष पुरा हुँदा पनि पीडित अझै अस्थायी टहरामा

खबरडबली संवाददाता

गोरखा । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी  गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं  २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍यायो । 

भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांस नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि.कले जानकारी दिइन । 

साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउँदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नुपरेको उनले बताइन् । “गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारले भूकम्पपछि घर बनाउन पाएका छैनन्”, विकले भनिन्, “जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।”

अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविक स्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहे पनि घडेरीको अभावका कारण समस्या भएको उनको भनाइ छ । “गैह्रागाउँलाई सरकारले जीवित सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो”, विकले भनिन्, “त्यहाँका केही स्थानीयवासीले जग्गा दिन नमानेपछि त्यहाँ सङ्ग्रहालय बन्ने सकेन त्यसपछि समस्या भयो ।’’

स्मृति उद्यानको काम अलपत्र

भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिए । 

“पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिशत नै सकिएको छ”, उनले भने, “स्मृति उद्यानमा राख्नका लागि भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।” उद्यान निर्माणका क्रममा गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उनको भनाइ छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने छ । 

“अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी रहेको छ”, इन्जिनियर पङ्गेनीले भने, “गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।” स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताए । 

त्यस्तै उद्यानसम्म पुग्नका लागि चार सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झण्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए । 

तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पङ्गेनीले बताए । निर्माणमा ढिलाइ हुँदा पार्क निर्माण सम्पन्न गर्न सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको आयोजना कार्यालयले जनाएको छ । 

“उद्यान निर्माणको लगभग सकिएको छ”, भूकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो”, उनले भने, “हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौँ”, कार्यालयले भूकम्प स्मृति उद्यान निर्माणका लागि विसं २०७४ मङ्सिर १४ गते स्वच्छन्द/होम निर्माण जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।  सम्झौताअनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिए पनि ढिलो गरी भर्खरै मात्र  भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उनले बताए । 

इपिसेन्टरलाई पहाडको सहर बनाउने सपना

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भूकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरको रुपमा स्थापित हुन लागेको बताए । “भूकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो”, उनले भने, “भूकम्पले धेरै घर ध्वस्त थिए, भूकम्प पछाडि बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।”

अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भूकम्प स्मृति उद्यानले भूकम्पको केन्द्रविन्दु बारपाक मात्र नभएर गोरखा भूकम्पको अध्ययन र अवलोकन गर्ने अवसरसमेत प्रदान गर्ने बताए । “स्मृति उद्यानसँगै हामीले सङ्ग्रहालय बनाउने योजना पनि छ”, उनले भने, “सङ्ग्रहालयमा भूकम्प बेलाको चित्र, तस्बिर, भूकम्पका बेलाका भिडियोसहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयासपनि गर्नेछाैँ ।”

स्मृति उद्यान र सङ्ग्रहालयमार्फत गाउँपालिकाले नेपालभरका नागरिकलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपद्बाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन  चाहेको अध्यक्ष भट्टले बताए । “भूकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ”, उनले भने, बारपाकमा गल्लीलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै बारपाकलाई नयाँ पहाडी सहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छाैँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending