Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौैं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ । 

अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्त्व दिएको थियो । कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो ।  समग्रमा कतारका अमिरको नेपाल भ्रमण र यसका उपलब्धिबारे मन्त्री बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । सरकारले तपाईँलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो । अमिरको भ्रमणलाई कसरी लिनुभएको छ ?

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ । यो भ्रमण आफैँमा महत्त्वपूर्ण र ऐतिहासिक छ । सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ । बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु । राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ । सँगसँगै हिँड्दाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो । उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो । उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु । उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ । उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ । नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो ।

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ । त्यसमा नेपाली श्रमिकको योगदान महत्त्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ । नेपालप्रति उहाँको सकारात्मक अनुभूति रहेको समेत अनुभव गरेँ । प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ । नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ । भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । यस भ्रमणले दुई देशबिचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु । यो आफैँमा महत्त्वपूर्ण छ । यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो ।

भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहला ? द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ?

ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबिच महत्त्वपूर्ण छलफल भएका छन् । कला, संस्कृति, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा पनि दुई देशबिचमा समझदारी भएका छन् । निजी क्षेत्रबाट पनि दुईवटा महत्त्वपूर्ण समझदारी भएका छन् । यी उपलब्धिलाई अहिले सुरुआतका रूपमा लिन सकिन्छ । आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन् । दुई मुलुकबिचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ । जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ ।

वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्यसमूह बनाउने समझदारी भएको छ भन्नुभयो । त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ?

विषयगत कार्यसमूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ । द्विपक्षीय रूपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्नेछ । केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउनेछौँ । त्यसमा मेरो विश्वास छ ।

अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ?

निश्चय नै । अहिले भएका विषय संकेत मात्रै हुन् भनेस् बुझ्न सकिन्छ । लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ । दुई देशबिचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभूति भएको छ । खाडी मुलुकबाट पहिलो पटक भएको यसप्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्त्वपूर्ण अर्थ राख्ने नै छ । लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्त्व छ । यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ ।

भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्रीज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनुभएको छ । प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनुभएको छ । छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन । भ्रमणको महत्त्व दूरगामी, व्यापक र महत्त्वपूर्ण पनि हुन्छ । मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समय क्रमसँगै व्यवहारिक रूपमा पनि देखिने छ ।

कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ, यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनुभयो । ती विषयमा उहाँहरुको धारणा के पाउनुभयो ?

ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो । उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो । जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ । हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौँ । हामीले पनि सहकार्यका निम्ति आग्रह ग¥यौँ । ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ ।

नेपाल र कतारबिच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो । यी विषयमा के कुराकानी भयो ?

भ्रमणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रूप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ । श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ । यसले सकारात्मक वातावरण बनाएको छ । कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कँदै छु भनेर भन्नुभएको छ । भ्रमणबाट दुई देशबिचको सम्बन्ध अर्को चरणमा प्रवेश ग¥यो भन्ने खालका अभिव्यक्ति पटक–पटक दोहोर्याउनुभएको थियो । यी सबै विषयलाई व्यवस्थित बनाउन कार्यसमूह बनाएर अघि बढ्ने समझदारी बनेको छ ।

कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ । मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो । खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ । कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्त्वपूर्ण भएको छ । त्यसलाई परिणाममुखी बनाउन तत्काल जुन ढङ्गले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो भन्न सकिन्छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies