Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन

खबरडबली संवाददाता

एजेन्सी । गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो । यद्यपि अफ्रिकी महादेशमा मलेरियाले लाखौँ मानिसलाई मारेको वा बिरामी पारेको छ । 

नाइजेरियाको लागोस सहरको अनौपचारिक छिमेकी मकोकोका ६६ वर्षीया फनमिलायो कोटुनलाई नै लिनुहोस् । यहाँको फोहर पानीको पोखरीले मलेरिया फैलाउने लामखुट्टेका लागि अनुकूल प्रजनन अवस्था प्रदान गर्दछ । अमेरिकी डलर सातदेखि २१ को बीचमा पाइने उपचार गरिएको कीटनाशक मच्छरदानी कोटुनले किन्न सक्नुहुन्न । यहाँ एन्टिमलेरिया औषधि वा उपचार अत्यन्त कम हुन्छ । 

मलेरिया परजीवी अधिकांश सङ्क्रमित लामखुट्टेमार्फत मानिसमा फैलिन्छ र ज्वरो, टाउको दुख्ने र चिसोलगायतका लक्षण निम्त्याउन सक्छ । यसले धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालिबालिका र गर्भवतीहरूलाई असर गर्दछ । खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो । 

एन्टिमलेरिया औषधि र कीटनाशकहरूको प्रतिरोधका घटनाहरू बढिरहेका छन् भने सरकार र दाताहरूबाट नवप्रवर्तनका लागि कोष सुस्त भइरहेको छ । भीडभाड भएको क्षेत्र, जमेको पानी, खराब सरसफाई तथा उपचार र रोकथाम सामग्रीसम्म पहुँचको अभावले धेरै क्षेत्रमा बस्ने अवस्थाको भूमिका निर्वाह गर्दछ । यसअघि भारत र फारसको खाडीमा देखिएका लामखुट्टेको आक्रामक प्रजाति नयाँ चिन्ताको विषय बनेको छ । 

विश्वव्यापीरूपमा मलेरियाका मामिला बढिरहेका छन् । सन् २०१९ मा सङ्क्रमण २३ करोड ३० लाखबाट बढेर सन् २०२२ मा ८५ मुलुकमा २४ करोड ९० लाख पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार मलेरियाबाट मृत्युको सङ्ख्या सन् २०१९ मा पाँच लाख ७६ हजारबाट बढेर सन् २०२२ मा छ लाख आठ हजार पुगेको छ । 

मलेरियाको विश्वव्यापी बोझको करिब ७० प्रतिशत वहन गर्ने १२ मुलुकमा ११ अफ्रिकामा छन् भने अर्को मुलुक भारत हो । सन् २०२२ मा अफ्रिकामा मलेरियाबाट मर्ने पाँच लाख ८० हजारमा ८० प्रतिशत मृत्यु पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको भएको थियो । 

मलेरियाविरुद्धको लडाइँले तीव्ररूपमा निदान परीक्षण, खोप र नयाँ मच्छरदानीजस्ता कीटनाशक प्रतिरोधको सामना गर्ने क्षेत्रमा केही प्रगति देखिएको छ तर कोभिड–१९ र फोकस फर फन्डिङमा परिवर्तनले यी प्रयासहरूलाई पछाडि धकेलेको छ । 

गत वर्ष ट्रपिकल मेडिसिन एन्ड इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ का कारण जारी लकडाउनले सम्पूर्ण अफ्रिकामा ३० प्रतिशत ग्रामीण सामुदायिक स्वास्थ्य विन्दुहरूमा अवरोध उत्पन्न भएको बताइएको छ । सन् २००० र सन् २०१९ को बीच घट्ने प्रवृत्तिलाई तोड्दै मलेरियाका मामिला पुनः बढ्न थालेको छ । डब्ल्युएचओका अनुसार घट्दो प्रवृत्ति चाँडै फर्कन सक्छ । 

ग्लोबल फन्ड टु फाइट एड्सका कार्यकारी निर्देशक पिटर स्यान्ड्सले भने, “अफ्रिका जलवायु परिवर्तनको तीव्र अन्त्यमा छ र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिले निम्न र मध्यम आय भएका क्षेत्रमा मलेरियासँग मुकाबिला गर्ने प्रयासलाई बर्बाद गरिरहेको छ ।”

सन् २०२३ मा डब्ल्युएचओको विश्व मलेरिया प्रतिवेदनमा पहिलो पटक मलेरिया र जलवायु परिवर्तनबीचको सम्बन्धमा एउटा अध्याय समावेश गरिएको छ । यसमा सम्भावित जोखिम गुणकका रूपमा यसको महत्त्माथि प्रकाश पारिएको छ ।

वैज्ञानिकहरूले माउन्ट किमिमान्जरोको ढलान र पूर्वी इथियोपियाको पहाडलगायत कुनै पनि समयमा लामखुट्टेको बसोबास नहुने क्षेत्रमा बस्ने मानिसहरू मलेरियाको चपेटामा आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

दशकौँमा आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको जिम्बाब्वेका केही जिल्लामा मलेरियाको प्रसारण अवधि बढाइएको छ । जिम्बाब्वेमा मलेरियाका लागि डब्ल्युएचओका प्राविधिक अधिकारी डा प्रिसियस एन्डिफासीले भने, “यो परिवर्तनका लागि जलवायु परिवर्तनलाई श्रेय दिइएको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending