Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुनेभएको बताइएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सवयंले पूर्व राष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टिमा सहभागी हुने बताएका हुन् । 

ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार-ए-लागो स्थित निवासमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित समारोहका क्रममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अन्त्येष्टि समारोहमा सहभागी हुने कुरा सार्वजनिक गरेका हुन् । “हामीलाई निमन्त्रणा गरिएको छ, म त्यहाँ हुन्छु” ट्रम्पले भने । कार्टरको परिवारका कुनै सदस्यसँग कुरा भएको छ कि छैन भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, “म भन्न चाहन्नँ ।”

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कार्टरले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मेलमार्फत मतदान गरेका थिए । एक सामान्य कृषकबाट अमेरिकाको सर्वोच्च प्रशासकीय पदको नेतृत्व गर्न सफल कार्टरको अन्त्येष्टि शनिबार उनको गृह राज्य जर्जियाबाट सुरु हुनेछ र जनवरी ९ मा वासिङ्टन नेसनल क्याथेड्रलमा समापन हुनेछ । 

समारोहमा अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प अन्य महानुभावहरूसँगै उपस्थित हुने अपेक्षा गरिएको छ । आफ्नो कार्यकालको अन्तिम दिनहरूमा रहेका राष्ट्रपति जो बाइडेनले दिवङ्गत पूर्व राष्ट्रपतिले शोक सभामा उनले अमेरिका र विश्वप्रति गरेका कार्यहरुको चर्चा गर्ने अपेक्षा गरिएको छ । 

सन् २०१८ मा पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनपछि ट्रम्प पूर्वराष्ट्रपतिहरु कार्टर, बाराक ओबामा र बिल क्लिन्टनका साथै उनीहरुका पति/पत्नीका साथ राजकीय अन्त्येष्टिमा सहभागी भएका हुन् । वासिङ्टनमा हुने शोक सभापछि कार्टरको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जर्जियामा लगिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending