जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन ।
कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् ।
यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् ।
उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले रु २४ लाख ११ हजार पाँच सय ३० राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ ।
कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ ।
व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९र ८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरुको स्थिर तथा चालु पूँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ ।
बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८१ - १३:१२
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् । ...
बैशाख २७ गते, २०८१ - १३:११
विराटनगर । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । कार्कीलाई एमाले...
बैशाख २७ गते, २०८१ - १३:०८
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरूद्ध भ्रष्टा...
बैशाख २७ गते, २०८१ - १२:५९
कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रूपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/८१...
बैशाख २७ गते, २०८१ - १२:३८
काठमाडौं । पछिल्ले समय नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ ।सामाजिक परिवेशमा आएको परिर्वतनका कारण सम्ब न्ध विच्छेद गर्नेको संख्...
बैशाख २७ गते, २०८१ - ११:५८
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका...
बैशाख २७ गते, २०८१ - ११:५४
सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान चेतावनी
बैशाख २७ गते, २०८१ - ११:४८
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित म...
बैशाख २७ गते, २०८१ - ११:४७
काठमाडौं । पर्वतमा ९१ साना उद्योग बन्द भएका छन् । कोरोना महामारीसँगै आर्थिक मन्दीका कारण उद्योग बन्द भएका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म...
बैशाख २७ गते, २०८१ - ११:१०
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ । बुधबार पत्रकार...
प्रतिकृया लेख्नुहोस्: