काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल तीन टुक्रा भएको छ । पटक पटक फुटेको जसपा फुटेको एक सात बित्न नपाउँदै पुनः फुटको शिकार हुन लागेको हो ।
जसपा सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गरिसकेका छन्, उनको दललाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छ । राईले जनता समाजवादी पार्टी, नेपालबाट जनता समाजवादी पार्टी गठन गर्दा कुनै पनि पक्षमा नलागी तटस्थ नेताले पहिचानवादी मोर्चा बनाउँन लागेका हुन् ।
पूर्वलिम्बुवान् नेता खगेन्द्र माखिम र डा. महेन्द्र लावती समूहले पहिचानवादी मोर्चा घोषणा गर्दैछन् । यसअघि माखिमले सङ्घीय लिम्बुवान् राज्य परिषद्लाई जसपासँग एकता गराएका थिए । तर, जसपा नै सग्लो नरहेपछि पहिचानवादी मोर्चा बनाउने भएका हुन् । जसको घोषणा बिहीबार काठमाडौंमा हुँदैछ ।
प्राध्यापक डा. महेन्द्र लावती पनि सोही मोर्चामा सक्रिय रहनेछन् । “हामीले तीन दिनसम्म बृहत् छलफल गरेर निष्कर्ष निकालेका हौँ । हामी उपेन्द्रजी वा अशोकजीसँग छैनौँ । हामी मोर्चामा हुनेछौँ,” लावतीले भने ।
गत वैशाख १५ को उपनिर्वाचनमा यो समूहले पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई समर्थन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - २०:३७
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...
जेष्ठ ६ गते, २०८१ - १६:५७
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...
जेष्ठ ६ गते, २०८१ - १६:५५
दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...
जेष्ठ ६ गते, २०८१ - १६:४९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...
जेष्ठ ६ गते, २०८१ - १६:४७
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतब...
जेष्ठ ६ गते, २०८१ - १६:४५
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...
जेष्ठ ६ गते, २०८१ - १६:४१
काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...
जेष्ठ ६ गते, २०८१ - १६:३८
काठमाडौं । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...
जेष्ठ ६ गते, २०८१ - १६:३७
काठमाडौं । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...
जेष्ठ ६ गते, २०८१ - १३:३६
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...
प्रतिकृया लेख्नुहोस्: