Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

रन्जितासँग सहमतिपछि रेशम भन्छन्- लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

खबरडबली संवाददाता

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।

रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ । 

रेशमले पहिलो पोष्टमा भनेका छन्- 'महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।' त्यसपछिको पोष्टमा उनले 'हामी छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौु' लेखेका छन् ।

रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए पछि दुवै प्रदेसका सरकार धरापमा पर्ने देखिएको छ ।

यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरुले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरुले बताएका छन् ।

नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनको अवरोध हटाउन एमाले लगायत दलका नेतासँग प्रधानमन्त्रीको अनौपचारिक संवाद

काठमाडौँ । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।  समस्याग्रस्त सह...

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएको छन् ।  एमालेको भौतिक प...

राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो - प्रवक्ता सापकोटा

धादिङ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएको छन् । अहिलेको संसद...

युक्रेनलाई अमेरिकाको थप ४०० मिलियन डलर बराबरको सहयोग

काठमाडौँ । रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन । यसैबीच अमेरिकाले फे...

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।...

छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छः रवी लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएको छन् । साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति ब...

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ - उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजा...

जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री लामिछानेको आरोप

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् । शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्म...

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी

काठमाडौँ । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालल...

आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ । आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies