Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

मन्दीकाे वाहनामा जोखिममा जीउदै श्रमिकहरु

खबरडबली संवाददाता

काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुकोआफूसहित परिवारको लालनपालनको  समस्यामा दैनिकी बिती रहेको छ ।

ओखलढुंगाका सुमन सर्कीको आफ्नो बारीमा उव्जिएको अन्नले एक महिनालाई पनि खानकाे लागि नपुग्ने भएपछि राजधानी आएर परिवार पाली रहेका छन् । तर मन्दीका कारण देखाउँदै काम गर्ने ठाउँमा उनले नियमित ज्याला नपाउँदा कठिन भएकाे बताउँछन् ।  

इटा कारखानामा उनी मात्र हैन उनकाे परिवार नै काम गर्छ । तर, अनेकन बाहनामा उनीहरूले पैसा नपाएकाे महिनाै बित्याे । 

सर्की जस्तै गाउँबाट काम गर्नकाे लागि काठमाडाैं आएका उनकै छिमेकी रुद्रबहादुर भुजेलको  पनि हालत उस्तै छ । उनले  पनि काम गरेर पैसा नपाएको महिनाै बित्याे । उनि दुखेसो  गर्छन । आफ्नो कामाईले एक महिना पनि खान पुग्दैन काम गर्याे ज्याला पाइन्न । अरू काम गर्न खाेज्याे केही पाईदैन कसरी परिवार पाल्नु चिन्ताले सताएको उनले सुनाए ।  उनले यस्ताे अभाव र समस्या कहिल्यै सामना गर्नुनपरेको बताए । आफुले जान्दा देखि अर्काकोमा काम गरेर विहान बेलुकी छाकटार्दै आएका उनि श्रीमती सहित चार छोराछोरी संगै उपत्यकाका इटा उद्याेगमा भाैतारी रहेका छन्  ।

२०३७ साल देखी निरन्तर खोलामा वालुवा चाली रहेका सन्तबहादुर तामाङ अहिले पनि निरन्तर वालुवा नै चाली रहेका छन् । मन्दी भएकाे भन्दै ठेकेदारले समयमा ज्याला नदिँदा   परिवार कसरी पाल्ने भन्न चिन्तामा रहेका छन् उनी । 

उनि मात्रै हैन वर्षाैदेखी बालुवा चाल्दै आएका ८० वर्षिय बुद्धछिरिङ तामाङको पनि अवस्था उस्तै छ ।  निरन्तर वालुवा चालेर जिवीकोपार्जन गदै आएका उनि यतिबेला के खाने र कसरी बाँच्ने भन्ने चिन्तामा रहेका छन् । कारण सबैकाे उस्तै हाे मन्दीका कारण ठेकेदार र साहुजीले समयमा ज्याला नदिने ।

आँफुलाई बचाउने साहरा नै  बेसाहरा भएका कारणा मजदुरहरू दिनदिनै परिवार पाल्न धाैधाै भएकाे बताउँछन् ।

दैनिक बालुवा चालेर  गुजारा गरीरिहेका तामाङ सकि नसकि  काम गरेर आफ्नो अपांग छोरालाई पाली रहेका छन् । तामाङ आफु जस्तालाई सरकारले खान वस्न र औषधि उपचारकोे ब्यवस्था गरिदिए ८० वर्षको उमेरमा वालुवा चालेर बस्नु नपर्ने बताउँछन । ठेकेदारले समयमा पैसा नदिँदा परिवारको खर्च धान्नै गाह्रो भएको उनले बताए । यी पीडा र समस्या त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् ।

सार्वजनिक यातायातमा काम गर्ने मजदुर, स्वरोजगार श्रमिकदेखि उद्योग वा सानादेखि ठूला पाँच तारे होटल सम्ममा काम गर्ने कर्मचारी वा मजदुर लगायत सबैकाे समस्या उस्तै रहेकाे छ । 

अझ भन्ने हाे भने काेराेना महामारीकाे समय पछि देशमा रहेका सञ्चारमाध्ययममा काम गर्ने पत्रकारहरूकाे अवस्था दयनिय बन्दै गएकाे छ । कितपय सञ्चार माध्ययमले सञ्चारकर्मीकाे पारिश्रमिक नै नदिइ वर्खास्ती समेत गरेकाे छ । महिनाै काम लगाएर बिना पारिश्रमीक उनीहरूलाइ वर्खास्ती गर्दा नेपाली पत्रकारितामा नवप्रवेशीहरूकाे भविश्य अझ डामाडाेल हुन सक्ने देखिएकाे छ । 


 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छत्रेश्वरीमा सामी कार्यक्रमबारे अन्तरक्रिया

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक रोजगारको वर्तमान प...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies