काठमाडौं । रूसले युक्रेनको ऊर्जा संयन्त्रमा भयानक हमला गरेको छ । क्रिसमसकै दिन रूसले युक्रेनका कयौं शहरमा ब्यालेस्टिक र क्रुज मिसाइलबाट हमला थालेको हो ।
युक्रेनी ऊर्जामन्त्री जर्मन गलुशेन्कोले दुश्मन (रूस)ले आफ्ना ऊर्जा संयन्त्रमा पुनः व्यापक मात्रामा हमला गरिरहेको बताएका छन् । सो हमलाबाट युक्रेनका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सरकारले पनि हमलाका कारण बिजुली प्रवाह रोकिदिएको छ ।
युक्रेनको दोस्रो ठूलो शहर खारकीभमा रूसले सघन हमला गरेको छ । बीबीसीमा उल्लेखित समाचारअनुसार; यतिखर खारकीभ शहर रूसी मिसाइल हमलाबाट ध्वस्तजस्तै भएको छ ।
युक्रेनी ऊर्जामन्त्रीले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । उनले हमला रोकिएपछि मात्र ऊर्जा कम्पनीले क्षति अनुमान गर्न सक्ने बताएका छन् । खारकीभका मेयर आयोर तेरेखोवले शहरमा ठूलो सङख्यामा मिसाइल दागिएको जानकारी दिएका छन् । एकपछि अर्को धमाका भइरहेको छ, बिस्फोटको आवाज सुनिन छाडेको छैन ।
शहरका क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोवले रूसी हमलाबाट कम्तिमा ६ जना घाइते भएको जनाएका छन् । कयौं भवन क्षतिग्रस्त भएका छन् । खारकीभ शहर युक्रेनको उत्तर-पूर्वी इलाकामा रूस नजिक छ । हालैका महिनामा युक्रेनका अधिकांश ऊर्जा संयन्त्रमा रूसले हमला गरेको छ । रूसी हमलाकै कारण युक्रेनको राजधानी कियभ र निप्रो लगायत कयौं इलाकामा विद्युत कटौती भएको छ ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आफ्नो थर्मल पावर प्लान्टमा रूसले आक्रमण गरेको जनाएको छ । कम्पनीका अनुसार: रूसी हमलाबाट प्लान्टमा निकै ठूलो क्षति पुगेको छ । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: