Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

खबरडबली संवाददाता

काठमाडौं ।  उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । 

गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । तर, मन्त्री सुडीले समेत यादवको नेतृत्व छाडेका छन् ।

अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश आउँदा नआउँदै पदमुक्त हुने सम्भावना छ । उनको सट्टा नयाँ दलका सांसदलाई मन्त्री बनाउने गठबन्धन नेतृत्वको तयारी छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् ।

माओवादीसँगको सहकार्य अप्रत्याशित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धनको तयारीमा छन् । यसमा उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मात्र होइन, जसपा अध्यक्ष यादवको साथ रहेको भन्दै त्यसलाई निरस्त बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रयासरत थिए । 

‘खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो,’ एमालेका एक नेताले भने, ‘उनीहरू यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो ।’

सत्तारूढ दलका एक नेताका अनुसार देउवा, नेपाल र यादवबीच पटकपटक भएका संवादपछि उनीहरूबीच बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो । त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता नेपालले आफू प्रधानमन्त्री बन्ने संकेतले ‘कतिपयको पेट दुखेको’ टिप्पणीसमेत गरेका थिए । त्यसैले दाहाल र ओली मिलेर अहिले यादवलाई कमजोर बनाइदिएको र यो नजिरले माधव नेपाललाई पनि अप्ठ्यारो पर्ने सक्ने उनको भनाइ छ ।

‘उपेन्द्र यादव आफैं प्रधानमन्त्री बन्ने गरी वर्तमान गठबन्धन भत्काउन लाग्नुभएको थियो, त्यसैले दाहाल र ओलीले जसपा नै विभाजन गराइदिएका छन् । अब तत्काल वैकल्पिक सरकारको सम्भावना टरेको छ । बरु विभाजनको संक्रमण नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सर्न सक्छ ।’ 

मन्त्री साहले पनि पार्टी नेतृत्व नै गठबन्धन ढाल्ने प्रयासमा लागेपछि आफूहरूले नयाँ पार्टी गठन गरेको दाबी गरे । ‘यो पार्टीभित्रको आन्तरिक विषय हो । जुन सरकारमा बस्यो, त्यही सरकार ढाल्ने प्रयास भयो । त्यसैले हामीले यो कदम उठायौं । हाम्रो कदमले सत्ता समीकरणमा कुनै प्रभाव पर्दैन, बरु यो समीकरण र सरकारलाई झन् बलियो बनाउँछौं,’ उनले भने । जसपा विभाजनमा भूराजनीतिक प्रभावभन्दा पनि दलको आन्तरिक विवाद नै मुख्य कारण भएको नेताहरूको दाबी छ ।

विभाजित जसपाका सांसद प्रदीप यादवले एकलौटी गर्ने पार्टी अध्यक्षको कार्यशैलीमा परिवर्तन नभएपछि पार्टी विभाजनमा जानुपरेको बताए । उनले पार्टी र संसदीय दलमा अध्यक्षले सहकर्मीलाई बँधुवा मजदुरजस्तै बनाएकाले विद्रोह गरेको बताए । 

‘कोहीसँग सल्लाह पनि नगर्ने, जे भन्यो त्यही हजुर भनिदिनुपर्ने । हामी त बँधुवा मजदुरजस्तो,’ उनले भने, ‘आउँदै गरेको महाधिवेशनमा अध्यक्षले आफू नजिककालाई मात्रै जिम्मेवारी दिने तयारी गर्नुभएको थियो । आफ्नो पक्षमा सामाजिक सञ्जालमा लेख्नेलाई मात्रै सदस्य बनाउने र फरक मत राख्नेलाई सदस्यता नदिने गरी समाप्त गर्न खोज्नुभएको थियो । त्यसैले हामीले नयाँ बाटो लियौं ।’

विभाजित दलका संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि विभाजनले गठबन्धन कमजोर नभएर बरु झनै बलियो भएको दाबी गर्छन् । भन्छन्, ‘राजनीतिक अस्थिरताले देशमा संकट आउँछ । त्यसैले हामी गठबन्धनबाट दायाँ–बायाँ गर्ने पक्षमा छैनौं, गठबन्धन टुटाउन यो गरिएको होइन, यसले बरु झन् बलियो बनाउँछ ।’

 उनले पार्टी अध्यक्ष यादवले पार्टी प्रणालीलाई सधैं नजरअन्दाज गरेको आरोप लगाए । ‘६ महिनाअघि बैठकमा हामीले सँगै यात्रा गर्ने हो भने पार्टीभित्र सकारात्मक वातावरण बनाऔं भनेको हो । तर बन्न सकेन । एउटा सहमति हुन्छ, कार्यान्वयन हुन्न । फेरि सहमति हुन्छ, कार्यान्वयन हुन्न । राजनीतिक इमानदारिता नभएपछि फुटको स्थितिमा आइपुगेको हो,’ श्रेष्ठले भने । जसपाको महाधिवेशन जेठ २८ देखि हुँदै छ ।

उपेन्द्र नेतृत्वको जसपा नेपालमा रहेका प्रवक्ता मनीष सुमन पनि पार्टी विभाजित हुनुमा आन्तरिक कारण नै मुख्य भएको बताउँछन् । उनका अनुसार पार्टीको आसन्न महाधिवेशनपछि अहिले पाइरहेको भूमिका पनि प्राप्त नहुने चिन्ताले केही नेताले पार्टी विभाजन गरेको आरोप लगाए । उनले नेतृत्व गठबन्धनको विपक्षमा नभएको दाबी गरे । ‘केही साथीहरू पार्टी छाडेर गए । आफ्नो राजनीतिक हत्या आफैंले गरे । यसले कसैलाई केही हुनेवाला छैन । सत्ता गठबन्धनसँग हाम्रो सहभागिता टुट्दैन । फरक ढंगले सोचिएको पनि छैन । अर्को निर्वाचन रहुञ्जेल गठबन्धन कायम हुन्छ,’ सुमनले भने, ‘नेतृत्व वैकल्पिक गठबन्धनमा जान खोजेको भन्ने आरोप मिथ्या हो ।’

अर्कोतर्फ कांग्रेस–माओवादीसहितको तत्कालीन गठबन्धनमा प्रधानमन्त्रीको रोलक्रममा रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी ओलीबीचको तिक्तता गठबन्धनभित्र बढिरहेको छ । विश्वासको मत लिने बेलामा प्रधानमन्त्रीको रोलक्रममा राख्ने आश्वासन दिए पनि ओलीले पछिल्लो पटक त्यसको खण्डन गरेपछि असन्तुष्ट बनेको भन्दै नेपालले गठबन्धन नै छाड्नेसम्मका चेतावनी दिँदै आएका छन् । यो समाचार आजको कान्तिपूर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending