रसुवा । नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सम्पन्न अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।
२ दिन चलेको बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए ।
जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले पत्रकारलाइ जानकारी दिए ।
अधिबेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।
अधिबेशले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी सहभागी थिए ।
अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संबिधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गोसाइकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् ।
सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरूङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसै गरी लेखा कमिटीको संयोजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् ।
जिल्ला अधिबेशन पछि नयाँ टिमलाइ बधाइ तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्रज सोम मिश्र, केन्द्रीय सदस्य माधब अर्याल, पुर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहाकार परिषदका सदस्य छोवाङ तेन्जिङ तामाङले बधाइ दिएका थिए । अध्यक्ष ढकालले अधिबेशन सफलपार्न सहयोग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सवैलाइ धन्यवाद दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: