काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरूङको ब्रेक थ्रू गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत सहभागी थिए । यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रूपमा हेरिएको छ । सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३ दशमलव ३ किलोमिटर छ ।
सुरूङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । आयोजनाको काम २०७९ असोज २८ गते सुरू भएको थियो । सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सुरूङको ब्रेक थ्रू भए पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ ।
विसं २०८४ असोजमा सो आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।
बाग्मती सिञ्चाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिञ्चाइ हुनेछ ।
आयोजनाको सुरूङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । कम्पनीले ११ अर्ब २९ करोड रूपैयाँमा ठेक्का पाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: