एजेन्सी । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ ।
भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो । मिडिया रिपोर्टले अचानक सामूहिक बिरामी बिदालाई यसको नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिहरूमा कर्मचारीहरूको असन्तुष्टिसँग जोडेको छ ।
“हाम्रा पाहुनाहरूलाई असुविधा कम गर्न हरसम्भव प्रयास गरिएको छ तर बिहीबार ७४ वटा उडान रद्द गर्न बाध्य भएका छौँ”, एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमा भनेको छ । कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा बढी उडान ‘अवरुद्ध’ भएको एयरलाइन्सले बुधबारको विज्ञप्तिमा जनाएको थियो ।
प्रमुख कार्यकारी आलोक सिंहले आगामी दिनमा एयरलाइन्सले आफ्नो उडान तालिका घटाउन बाध्य भएको बताए । “हिजो साँझदेखि हाम्रा एक सयभन्दा बढी चालक दलका सदस्यहरूले आफ्नो निर्धारित ड्युुटीअघि अन्तिम समयमा बिरामी भएको सूचना दिए । यसबाट हाम्रो परिचालन गम्भीररूपमा अवरुद्ध भए”, उनले भने, “यो कार्यले निश्चितरूपमा ड्युटीको आग्रहलाई प्रतिक्रिया दिन जारी राख्ने कम्पनीका दुई हजार चालक दलका सदस्यहरूको प्रतिनिधित्व गर्दैन ।”
मिडिया रिपोर्टहरूमा बजेट वाहकले कम्तीमा २० कर्मचारीलाई बर्खास्त गरेको जनाइएको छ । एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बिहीबार एयरलाइन्सले थप विवरण उल्लेख नगरी केही व्यक्तिविरुद्ध उचित कदम चालेको जानकारी दिए । “हामीले केही व्यक्तिविरुद्ध उचित कदम चालेका छौँ किनकी उनीहरूको कार्यबाट हाम्रा पाहुनाहरूलाई गम्भीर असुविधा भएको छ”, उनले भने ।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रोशित यात्रुहरूले ढिलाइ र रद्द गरिएका उडानहरूको अपडेट प्रतीक्षा गरिरहेका कारण नयाँदिल्ली विमानस्थलमा बुधबार अराजक दृश्यहरू देखिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: