एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ ।
नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतीको चिन्तालाई जोड दिएको छ । आइएमएफ स्टाफ रिपोर्टअनुसार नकारात्मक जोखिम उच्च छन् । नयाँ सरकारले एसबिए (स्ट्यान्डबाइ व्यवस्था) नीतिहरू जारी राख्ने सहानुभूति देखाएको भए पनि राजनीतिक अनिश्चितता महत्त्वपूर्ण रहेको छ ।
आइएमएफले नीति निर्माणमा गहिरो प्रभाव पार्ने जीवनयापनको उच्च लागत र अन्य राजनीतिक जटिलतालाई ध्यानमा राख्दै अघि बढ्नु पर्ने चेतावनी जारी गरेको छ । बाह्य वित्तपोषणमा कमी आएसँगै नीतिगत गिरावटले ऋण दिगोपनतर्फको पाकिस्तानी प्रगतिलाई पछाडि हटाई विनिमय दरमा दबाब दिन सक्ने आइएमएफले चेतावनी दिएको छ ।
यसबाहेक, बाह्य स्थिरता वस्तुको उच्च मूल्य, ढुवानी अवरोध र कडा विश्वव्यापी वित्तीय अवस्थाजस्ता कारक खतरामा भएकाले राष्ट्रको वित्तीय चुनौतीलाई बढाउन सक्ने डन पत्रिकाले जनाएको छ ।
वर्तमान परिस्थितिलाई जोड दिँदै आइएमएफले कार्यक्रमपछिको बाह्य वित्तपोषणको समयमै वितरणको महत्त्वलाई जोड दिन्छ । पाकिस्तानले हालै तीन अर्ब डलरको कार्यक्रम सम्पन्न गरेको छ भने प्रधानमन्त्री शाहबाज सरिफले आर्थिक समस्यालाई सम्बोधन गर्न दीर्घकालीन व्यवस्थाको आवश्यकतालाई जोड दिए ।
गत वर्षको गर्मीमा डिफल्ट हुन मुस्किलले बचेपछि त्यसयता पाकिस्तानको अर्थतन्त्र स्थिर भएको छ र मुद्रास्फीति मेमा ३८ प्रतिशतको उच्च रेकढर्डबाट अप्रिलमा करिब १७ प्रतिशतमा झरेको छ । यद्यपि, उच्च वित्तीय स्थिरताले गर्दा चुनौती जारी छन् । यो गत वर्षको नकारात्मक वृद्धिको तुलनामा यस वर्ष करिब दुई प्रतिशत कमी हुने अनुमान गरिएको छ ।
चुनौतीलाई सम्बोधन गर्न पाकिस्तानले आइएमएफबाट कम्तिमा छ अर्ब डलर मागसहित लचिलोपन र स्थिरता ट्रस्टअन्तर्गत कोषबाट थप वित्तपोषणको अनुरोध गर्ने अपेक्षा गरिएको डनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: