एजेन्सी । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले आइतबार जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको रफाह सहरमा आक्रमण गर्न नहुने बताएका छन् ।
“रफाहमा ठूलो आक्रमण हुनका लागि तपाईंले कसरी मानिसको जीवन बचाउनुहुन्छ, कसरी मानिसलाई सो स्थानबाट हटाउनुहुन्छ, उनीहरूलाई खुवाइएको कसरी सुनिश्चित गर्नुहुन्छ, उनीहरूसँग औषधि र आश्रय वा सबैथोक छ भनेर कसरी सुनिश्चित गर्नुहुन्छ भन्नेबारेमा स्पष्ट योजना हुन जरुरी छ”, स्काई न्युज टेलिभिजनलाई मन्त्री क्यामरुनले भने, “हामीले यस्तो कुनै योजना देखेका छैनौँ, त्यसैले हामी यस्तो प्रकारको कुनै पनि आक्रमणको समर्थन गर्दैनौँ ।”
पूर्वी रफाहलाई खाली गर्ने आदेश विस्तार गरेपछि इजराइलले आइतबार गाजामा हमासमाथि थप आक्रमण गरेको छ । सेनाले मानिसहरूलाई सहर छाड्न आग्रह गरेपछि तीन लाख प्यालेस्टिनी यस क्षेत्रबाट भागेको बताइएको छ ।
सहरको पूर्वी क्षेत्रमा प्रवेश गर्नका लागि इजराइली सेनाले व्यापक अन्तर्राष्ट्रिय विरोधलाई अस्वीकार गरेको छ । उसले एउटा प्रमुख सहायता क्रसिङलाई प्रभावकारीरूपमा बन्द गरेको छ र दोस्रो क्रसिङमार्फत हुने यातायातलाई निलम्बन गरेको छ ।
विदेशमन्त्री क्यामरुनले गाजामा मानवीय सहायतालाई अनुमति दिन इजराइलले ‘राम्रो गर्न’ आवश्यक भएको बताए । “मैले धेरैपटक भनेको छु, इजराइलले मानवीय सहायतालाई लिएर जुन कारवाही गरेको छ त्यसमा म सन्तुष्ट छैन ।” उनले सुधारको ‘केही सङ्केत’ भए पनि त्यो त्यति छिटो नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: