काठमाडौं । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयार्एबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।
बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो । लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् ।
कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएकी थिइन् । आरोही महर्जन पत्रकार एवं अभियन्ता पनि हुन् ।
ललितपुर नगरपालिकाको वखुंबहालस्थित शताब्दी पुरुषकै निजी निवास परिसरमा निर्मित लोकसाहित्य परिषदको कार्यालय भवनकै प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष राजीव श्रेष्ठले गरेका थिए । विशेष अतिथिमा शताब्दी पुरुषकै सुपुत्र अणुराज जोशी साथै नेवार समुदायका प्रतिष्ठित व्यक्तिहरू अतिथि गणमा समाहित भएका थिए ।
एक साता अगाडिबाट प्रारम्भ भएको जन्मजयन्ती समारोहमा शताब्दी पुरुष् जोशीको स्मृतिलाई ताजा गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । तीमध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम साहित्यिक विधामा थिए । जुन अन्तर्गत कविता, बाल कविता, बाल कथा, बाल चित्रकला, चित्रकला प्रदर्शन आदि रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: