जनकपुर । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।
मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।
दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।
चालु आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका–२, देउरीपरवाहा धनुषा, नगराईन नपा फुलगामा धनुषा, मटिहानी नगरपालिका–२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका–४ पशुपतिनगर महोत्तरी, वलवा नपा–९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युवेलका ट्रान्सफर्मर चोरिएका हुन् ।
त्यसैगरी गत आव मा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युवेल जडान गरेर सिँचाइ भइरहेको छ । एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युवेलको निर्माण तथा सञ्चालनमा ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।
उक्त कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत रु १५ लाख छ । यहाँका किसानले डिपट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
पौष १८ गते, २०८१ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...
पौष १८ गते, २०८१ - १५:३६
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...
पौष १८ गते, २०८१ - १४:५२
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...
पौष १८ गते, २०८१ - १४:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...
पौष १८ गते, २०८१ - १३:४५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छ...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:३५
तुलसीपुर । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलो...
पौष १८ गते, २०८१ - १३:२०
काठमाडौं । बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिक...
पौष १८ गते, २०८१ - १३:१७
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०...
प्रतिकृया लेख्नुहोस्: