Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाको सेओकमोडो टापुमा सूर्य चम्किरहेको थियो तर हावा अझै चिसो थियो । पार्क जंग-ओ किनारमा उभिरहेका थिए र चामलले भरिएका प्लास्टिकका बोतलहरू पानीमा फ्याँकिरहेका थिए। यी बोतलहरू समुन्द्रमा तैरेर उत्तर कोरिया पुग्नु पर्ने थियो।

जंग-ओले झण्डै एक दशकदेखि त्यस्ता बोतलहरू पानीमा फ्याँकिरहेका छन्, तर जुन २०२० मा दक्षिण कोरियामा यसलाई प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धका कारण जंग(ओले पनि खुलेआम प्लास्टिकका बोतल पठाउन पाएनन् ।

“हामीले बोतलहरू पठाएका थियौं किनभने त्यो देशका मानिसहरू भोकले मरिरहेका छन्,” ५६ वर्षीय जंग-ओ भन्छन्। के यो यति गलत हो ?  गत वर्ष सेप्टेम्बरमा, दक्षिण कोरियाको संवैधानिक अदालतले यो प्रतिबन्ध हटायो। नयाँ निर्णय पछि पनि, जंग-ओ केहि महिनाको लागि सतर्क रहे किनभने उनी अरूको ध्यान आकर्षित गर्न चाहँदैनन्।

उनले केही महिना पर्खे र त्यसपछि अप्रिल ९ छनोट गरे ताकि उनले फेरि दिनको उज्यालोमा उत्तर कोरियामा प्लास्टिकका बोतलहरू पठाउन सकुन् । यस दिन समुन्द्रको उतारचढाव उच्च हुने अनुमान गरिएको थियो जसका कारण बोतलहरु छिट्टै उत्तर कोरियातर्फ सर्नेछन् ।

“यो मेरो सक्रियताको नयाँ सुरुवातको प्रतीक हो,” जंग-ओभन्छन्। पार्क जंग-ओको परिवार उत्तर कोरिया छोडेर २६ वर्षअघि दक्षिण कोरिया आएको थियो । उनका बुबा उत्तर कोरियाली जासुस थिए तर दक्षिण कोरिया आउने निर्णय गरेपछि सम्पूर्ण परिवार देश छोड्न बाध्य भए।

त्यहाँको सरकारले पनि उनीहरुलाई लखेट्ने भन्दै बदनाम गर्ने अभियान सुरु गरेको उनको भनाइ छ ।  पार्क जंग-ओका अनुसार उनी उत्तर कोरियामा बस्दा सडकमा भोकले मरेका मानिसहरूको शव देख्थे।

जंग ओ त्यतिबेला अचम्ममा परे जब उनलाई बारम्बार चीन भ्रमण गर्ने एक मिसनरीले कसरी बन्दुक बोकेका सिपाहीहरू ह्वाङ्घाई प्रान्तमा गएर फसल काट्ने सिजनमा अनाज लैजान्छन् र त्यहाँका किसानहरू भोकभोकै मर्न बाध्य हुन्छन् भनेर बताए । यसअघि धान उत्पादनमा धनी क्षेत्रमा समेत भोकले कोही मर्छन् भन्ने पार्कले सुनेका थिएनन् ।

पार्क जंग-ओले लगभग एक दशकदेखि उत्तर कोरियामा चामल भरिएको प्लास्टिकका बोतलहरू पठाउँदै आएका छन् । २०१५ मा पार्कले आफ्नी श्रीमतीसँग एक एनजीओ क्युन साम स्थापना गरे, जसको उद्देश्य उत्तर कोरियाको ह्वाङ्घाइ प्रान्तमा प्लास्टिकको बोतलहरू आपूर्ति गर्नु थियो।

उनले कोरियाली इन्स्टिच्युट अफ ओशन साइन्स एन्ड टेक्नोलोजी र स्थानीय नाविकहरूसँग समुन्द्रको उच्च ज्वारबारे परामर्श गरे। किनभने जुन दिन पानीको बहाव बलियो हुन्छ, प्लास्टिकका बोतलहरू उत्तर कोरिया पुग्न चार घण्टा मात्रै लाग्छ।

दुई लिटरको प्लास्टिकको बोतलमा एक केजी चामलबाहेक युएसबी पनि हुन्छ । यूएसबीमा उत्तर र दक्षिण कोरियाको तुलना गर्ने ‘क्र्यास ल्यान्डिङ अन यु’ जस्ता कोरियाली नाटकहरूका भिडियोहरू र कोरियाली पप गीतहरू समावेश छन्। यसमा बाइबलको डिजिटल प्रतिलिपि पनि छ।

कम्प्युटर र मोबाइल फोनहरू धेरै सामान्य चीजहरू भइसकेका छन्, त्यसैले पार्क जंग(ओ विश्वस्त छन् कि उत्तर कोरियाका मानिसहरूलाई यस्तो सामग्री हेर्न सजिलो हुनेछ।

उनी भन्छन्, ‘धेरैलाई लाग्छ कि उत्तर कोरियामा बिजुली आपूर्ति छैन, तर मैले सुनेको छु कि चीन हुँदै आएको धेरै सौर्य प्लान्ट कोरियामा जडान गरिएको छ। यो ब्याट्री चार्ज गर्न प्रयोग गरिन्छ, यसको प्रयोग विशेष गरी गर्मीमा बढ्छ।’

कहिलेकाहीँ उनी यी बोतलहरूमा अमेरिकी डलर पनि पठाउँछन्, ताकि बोतल प्राप्त गर्ने व्यक्तिले डलरको बदलामा उत्तर कोरियाली मुद्रा साट्न सकून्। गत वर्षसम्म आधिकारिक दरअनुसार एक डलरको मूल्य १६० उत्तर कोरियाली वन थियो। जबकि कालोबजारीमा यो दर यसभन्दा ५० गुणा बढी मानिन्छ ।

महामारीको समयमा, पार्क र उनकी श्रीमतीले यी प्लास्टिकका बोतलहरूमा प्याक गरिएको पेनकिलर र मास्कहरू पनि पठाएका थिए। त्यसबेला उत्तर कोरियाका जनताका लागि यो निकै महत्त्वपूर्ण थियो किनभने यो देश विश्वका अन्य भागबाट काटिएको थियो।

तर डिसेम्बर २०२० देखि बोतलहरू पठाउन प्रतिबन्ध लगाइएकाले जंग-ओ र उनकी श्रीमतीले गोप्य रूपमा मात्र बोतलहरू पठाउन सक्षम भए।

यसअघि उत्तर कोरियाली नेता किम जोङ-उनकी शक्तिशाली बहिनी किम यो-जोङले कार्यकर्ताहरूलाई उत्तर कोरियाको विरोध गर्ने पर्चा नपठाउन चेतावनी दिएकी थिइन्। उनले यो दुई देशबीच भएको सम्झौताको उल्लङ्घन भएको आरोप लगाएकी थिइन् ।

त्यसको केही दिनपछि उत्तर कोरियाले दुई देशबीचको असैनिकीकरण क्षेत्र नजिकै रहेको केसोङ प्रान्तमा रहेको दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालयलाई विस्फोट गराएको थियो ।

यसैबीच, दक्षिण कोरियामा प्रतिबन्ध सम्बन्धी कानून विवादास्पद साबित भयो। यसको आलोचना गर्नेहरूले यसलाई “किम यो-जोङको आदेश” भने । तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनमाथि उत्तर कोरियालाई खुसी पार्न यस्तो निर्णय गरेको आरोप लागेको थियो ।

सरकारले आफ्नो निर्णयको बचाउ गर्दै सीमावर्ती सुरक्षाको कुरा गरिरहेको थियो । सीमा सुरक्षा र उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धका लागि यस्तो गरिएको सरकारले जनाएको छ ।

त्यो समयलाई सम्झँदै जंग-ओ भन्छन्, ‘हामीलाई अपराधी जस्तै व्यवहार गरियो। झण्डै तीन वर्षसम्म प्रहरी चौकीको चक्कर लगाउनुपरेको थियो । म थकित थिएँ र पीडा महसुस गरें।’

प्रतिबन्ध फुकुवा भएपछि पनि पार्क जंग-ओलाई अहिले प्लाष्टिकका बोतल पठाउने काम गाह्रो भएको छ । यसका लागि पहिले चर्च र मानवअधिकार संगठनहरूले चन्दा दिने गर्थे, तर त्यो पनि लगभग रोकिएको छ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका केही अन्य व्यक्तिहरू पनि आफ्नो मातृभूमिमा बोतल पठाउन चाहन्छन्, त्यसैले उनीहरूले प्रत्येक पटक २ लाख वोन (१४७ अमेरिकी डलर) उठाउनु पर्छ।

सन् २०२० मा यो कानून लागू भएपछि स्थानीय जनतासँगको उनको सम्बन्ध चिसिएको छ किनभने पार्क जङ्ग–ओले गरेको काम आफ्नो सुरक्षामा खतरा भएको केही मानिसको विश्वास छ । पहिले, धेरै मानिसहरूले जंग-ओ के गर्दैछन् भन्ने वास्ता गर्दैनथे । कयौं पटक नजिकैको गाउँका मुखियाले उनलाई बोतल फाल्ने उत्तम ठाउँको बारेमा सल्लाह पनि दिन्थे।

तर यसपटक पार्कले एक दर्जन प्रहरी र सिपाहीको निगरानीमा बोतलहरू फ्याँक्नुपरेको थियो । त्यहाँ उपस्थित अफिसरहरू मध्यस्थकर्ताको रूपमा काम गर्न तयार थिए तर तिनीहरूले बोतलमा केहि संवेदनशील वा गोप्य छ कि भनेर सोधिरहेका थिए। यद्यपि, यी सबै कठिनाइहरूको बावजूद, पार्कले कहिल्यै हार मानेनन्।

पार्क बताउँछिन्, “मैले एकपल्ट सुनें कि एक उत्तर कोरियालीले बोतलको चामल पाएपछि शंका माने, त्यसैले उनले चामल उमालेर पहिले कुकुरलाई दिए। भात खाएपछि पनि कुकुर ठिक थियो । त्यसपछि उत्तर कोरियाली मानिसले चामलको गुणस्तरको बारेमा सोचेर चर्को मूल्यमा बेचे । आफूले पाएको पैसाले मकैजस्ता सस्तो अन्न किने।”

सन् २०२३ मा एकै परिवारका ९ जना उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएका थिए । उनीहरूले आफूले धेरै बोतल पाएको र अर्को व्यक्ति मार्फत पार्क जंग-ओलाई धन्यवाद समेत दिएको बताए । चार वर्षअघि उत्तर कोरियाबाट दक्षिण कोरिया आएकी अर्की एक महिलाले पार्कलाई धन्यवाद दिँदै पार्कले बोतल पठाएर आफ्नो ज्यान बचाएको बताइन् ।

यद्यपि, पार्कले त्यस्तो व्यक्तिलाई व्यक्तिगत रूपमा कहिल्यै भेटेका छैनन्। उनी भन्छन्, ‘उत्तर कोरियाका जनता बाहिरी संसारबाट काटिएका छन् । तिनीहरू असहमतिको परिणामको डरले बिना प्रश्न सरकारी आदेशहरू पालन गर्छन्। यो कम्तिमा म तिनीहरूको लागि गर्न सक्छु।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा फेरिएको राजनीतिक खेल : कांग्रेसलाई प्रलोपाको औपचारिक साथले कसलाई पर्ला असर?

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनाव...

निर्वाचन सुरक्षामा प्रतिबद्ध छौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा ...

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...

११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...

इरानबारे २० तथ्य : सभ्यता, स्रोत र विशेषता

काठमाडाैं । पश्चिम एसियामा अवस्थित इरान (सन् १९३५ सम्म पर्सिया) विश्वका पुराना सभ्यतामध्ये एक मानिन्छ। करिब ९ करोडभन्दा बढी जनसंख्या भएको यो देश नेपाल...

इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु

काठमाडौं ।  इरानले गरेको आक्रमणमा परेर यूएईमा  एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...

जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...

मतपेटिका ढुवानीदेखि मतगणना स्थलसम्मको सुरक्षामा सेना खटिने

काठमाडौं ।  नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...

दक्षिणी इरानस्थित विद्यालयमा भएको आक्रमणमा मर्ने छात्राको संख्या ६३ पुग्यो

तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE