पर्सा । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए । “अहिले समग्र मुलुकको बजार सुस्ताएको छ”, उे भने, “माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।” भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियोभने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको बताए । “यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन”, उनले भने, “गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।”
कार्यालयले चालु आवको साउन महिनामा रु चार अर्ब सात करोड राजस्व सङ्कलन ग¥यो । भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा रु चार अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा रु तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा रु चार अर्ब २८ करोड, पुस महिनामा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन ग¥यो । कार्यालयले माघ महिनामा रु तीन अर्ब ७४ करोड, फागुन महिनामा रु तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र वैशाख महिनामा रु तीन अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
भन्सार विभागले कार्यालयलाई गत आवमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - २०:३८
झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...
बैशाख २३ गते, २०८३ - २०:२९
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...
बैशाख २३ गते, २०८३ - २०:२४
काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...
बैशाख २३ गते, २०८३ - २०:१८
सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...
बैशाख २३ गते, २०८३ - २०:१०
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...
बैशाख २३ गते, २०८३ - १९:३८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...
बैशाख २३ गते, २०८३ - १९:३४
काठमाडौं। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...
बैशाख २३ गते, २०८३ - १९:३३
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...
बैशाख २३ गते, २०८३ - १९:२९
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...
बैशाख २३ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...


प्रतिकृया लेख्नुहोस्: