धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनकपुरधामको पर्यटन पूर्वाधार सुदृढीकरणका लागि ठूला लगानी आवश्यक रहेको बताएका छन्।
साेमबार करिब दुई अर्ब रुपैयाँको निजी लगानीमा जनकपुरधाम उपमहानगर– १४ मा निर्माण गर्न लागिएको पाँचतारे होटलको शिलान्यास गर्दै उनले धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित जनकपुरधाममा अन्तरराष्ट्रियस्तरको सेवा सुविधा विस्तार हुँदा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका हुन्।
प्रतिनिधिसभा सदस्य मनिष झाले निजी क्षेत्रको सक्रियताले विकास निर्माणमा तीव्रता ल्याएको उल्लेख गर्दै पर्यटन उद्योगलाई सुदृढ बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। परियोजना प्रवर्द्धक मिथिला हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर साहले सो होटल करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।
उक्त होटल सञ्चालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिलाई लाभ पुग्ने जनाइएको छ। कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साह, सञ्चालक समिति सदस्य काजी लामा लगायतको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - २१:३६
काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...
जेष्ठ ५ गते, २०८३ - २१:२८
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...
जेष्ठ ५ गते, २०८३ - २१:१७
सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...
जेष्ठ ५ गते, २०८३ - १९:४६
काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...
जेष्ठ ५ गते, २०८३ - १९:३४
काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...
जेष्ठ ५ गते, २०८३ - १९:३०
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...
जेष्ठ ५ गते, २०८३ - १९:२८
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपर...
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...



प्रतिकृया लेख्नुहोस्: