Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

१६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे।

“न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ।”

लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्ने बताए।

नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्र्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एशोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताए।

संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्त्वपूर्ण भूमिका खेको छ।”

संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारेको साहस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्त्वपूण रहेको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासि...

सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म...

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए ...

जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिक पक्राउ

काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गक...

बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

मोरङ । सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ। बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मी...

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम...

धनुषाबाट थुनुवा फरार घटनाः मिलेमतोको आशङ्का

काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले ...

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy