Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सुनसरी, बाँके र महोत्तरीबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । सुनसरी, बाँके र महोत्तरीबाट उनीहरुलाई पक्राउ गरेको हो । 
प्रहरीले सुनसरीको रामधुनी नगरपालिका-६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् । 
उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ । 
यसैगरी सुनसरीकै भोक्राहानरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित रामधुनी नगरपालिका-१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक उनलाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-५ जमुनाह चेकपोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने २६ वर्षीय बृजेश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेकै कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-१५ बस्ने २० वर्षीय अरविन थारू सहित ४ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि-71 लेखिएको ९६ पिस ट्याब्लेटसहित बर्दिबास नगरपालिका-१४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह र सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय दिपक महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका व...

बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्स...

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासि...

सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म...

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए ...

जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिक पक्राउ

काठमाडौं। प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा तीन देशका नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गक...

बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

मोरङ । सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ। बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मी...

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम...

धनुषाबाट थुनुवा फरार घटनाः मिलेमतोको आशङ्का

काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले ...

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy