Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

फायल फाेटाे
खबरडबली संवाददाता

मनाङ ।  मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् । 

प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट रु नौँ लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट रु ५१ हजार, कार जीपबाट रु आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट रु ५२ हजार, मोटरसाइकल कारबाहीबाट रु सात हजार राजस्व सङ्कलन भएको उनले बताए । 

चालु आवको साउनमा ८० सवारीचालकबाट रु ८१ हजार पाँच सय, भदौमा ६७ बाट रु ६५ हजार, असोजमा एक सय ४५ बाट रु एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट रु दुई लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ । यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट रु एक लाख ६६ हजार, पुसमा ४३ बाट रु ३८ हजार पाँच सय, माघमा १५ बाट रु ११ हजार पाँच सय, फागुनमा ४२ बाट रु ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले रु ९९ हजार राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । 

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न  जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ । 

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए । उनले भने, “मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईं पक्राउको विरोधमा झापा बन्द गराउन खोज्ने दुई जना पक्राउ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरो...

स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ । ...

कम्युनिष्ट नेताहरुः जाे दक्षिण एसियामै पहिलो पटक सत्तामा पुगे

काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्र...

पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।  पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भए...

ताप्लेजुङको आठराई त्रिबेणीमा आगलागी, ५ लाख बराबर क्षति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा गए राति एक घरमा आगलागी भएको छ ।  हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्...

सामूहिक बलात्कारपछि युवतीको हत्या गर्ने १० महिनापछि पक्राउ

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुल...

पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका व...

बाढीमा परेर जापानमा ६ जनाको मृत्यु

टोकियो । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्स...

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासि...

सुनको मुल्यमा नयाँ किर्तिमान, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy