Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

बारा र पर्साको झडपमा छ अान्दाेलनकारीको मृत्यु, पर्सा दंगाग्रस्त क्षेत्र घोषणा

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडप थप हिंसात्मक बन्दै जाँदा बारा र पर्सामा गरी छ जनाले ज्यान गुमाएका छन् । दुवै जिल्लाको संवेदनशिलतालाई मध्यनजर गरी स्थानिय प्रशासन ऐन २०२८ अन्तर्गत सेनालाई सडकमा ल्याउने तयारी गरिएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले अहिले बारा र पर्सा दुबै जिल्लामा तनावग्रस्त अवस्था रहेको छ । पर्साको श्रीपुर प्रहरी चौकी  नजिकै भएको झडपमा परी धर्मराज सिंहको मृत्यु भएको छ भने प्रहरी चौकी नगुवा नजिकै भएको झडपमा परी दिनानाथ शाह, सुमन कलवार, भोला शाह र बारा जिल्लाको भरत चोकमा भएको झडपमा परी हिफाजत मिया र उमेश यादवको मृत्यु भएको उच्च प्रहरी स्रोतले जनाएको छ । घटनामा देवराज सिंह गम्भिर घाइते भएका छन् । खबरडबलीसँग कुरा गर्दै गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले स्थानिय प्रशासन ऐन २०२८ को दफा २ को क, ख अनुरुप स्थानिय निकायले सेनासँग सहयोग माग्न सक्नेबारे छलफल भैरहेको बताए । सेनालाई सडकमा उतार्नु पूर्व स्थानिय प्रशासनले पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सकेको छ । यस अघी सरकारले कैलालीको टिकापुरमा सेना सडकमा उतारेको थियो । गृहप्रवक्ता ढकालका अनुसार अधिकांशले सेना परिचान भन्ने गरिए पनि सेनालाई परिचालन नगरिएको स्पष्ट पार्दै सेनासँग सहयोग मागिएको बताए । ‘सेना परिचालन गरिएको होइन त्यहाँको प्रहरीले र सशस्त्रले स्थिति नियन्त्रणमा लिन नसकेपछि सेनासँग सहयोग मागिएको हो । सेनासँग सहयोग माग्ने बारे स्थानिय प्रशासन ऐनमा स्पष्ट उल्लेख गरिएको छ ।’– प्रवक्ता ढकालले भने । बारामा मृत्यु हुनेमा ३० वर्षिय हिफाजत मिया अन्सारीको भरतचोकमा प्रहरीको गोली लागेपछि सडकमै ढलेका थिए । उनको घटनास्थलमा नै तत्काल मृत्यु भएको हो । बारा र पर्सामा अहिले पनि प्रहरी र प्रदर्शनकारीबिच ठाउँठाउँ झडप भइरहेको स्थानिय प्रशासनले जनाएको छ । कलैयामा प्रहरीले चलाएको रबरको गोली लागी तीन जना घाईते भएका छन् । स्थानिय प्रशासनले लगाएको कर्फ्यू उलंघन गर्दै प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउदा नारायणी उपक्षेत्रिय अस्पतालमा तीन जना घाईते भएका छन् । सच्चाइएकाे छ - अघि मृत्यु हुनेमा सात भनिएकाेमा छ रहेकाले सच्चाइएकाे छ । देवराज सिंहकाे मृत्यु भएकाे भनिएकाेमा उनी गम्भिर घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । समाचारमा भुल हुन गएकाे प्रति क्षमाप्रार्थी छाै ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy