एजेन्सी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताए ।
“ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आइसिसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ”, अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भने ।
“आइसिसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ”, उनले थप भने । आइसिसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाह विरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गरेका थिए ।
रिपब्लिकन सांसदहरूले सोमबार आइसिसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे । रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भने, “आइसिसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ ”। घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गरेका थिए ।
सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आइसिसीको आदेशलाई “लाजमर्दो र अनुचित” भएकाे बताए । राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आइसिसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिए ।
उनले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आइसिसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताए । ब्लिन्केनले भने, “आइसिसी अभियोजक आफैँ अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।”
घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहूले भने, “हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ । “यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्”, टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: