Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

जनकपुर तनावग्रस्त, भानु चोकमा गोली लागि एक घाइते

जनकपुर । जनकपुरको भानु चोकदेखि रेलवे स्टेशन रोडमा बिहान ९ बजेदेखि प्रदर्शनकारी र प्रहरीबीच सुरु भएको झडप थप हिंसात्मक बन्दै गएपछि जनकपुरमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागि सुजितकुमार शाह घाइते भएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दर्जनौ राउन्ड अश्रु ग्यास, रवरको गोली तथा हवाई फायर गरेको छ । झडपमा परी प्रहरी तथा प्रदर्शनकारी तर्फ गरी झण्डै २२ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि बसेको सुरक्षा समितिको बैठकले जनकपुर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने भएको छ । जनकपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले खबरडबलीलाई दिएको जानकारी अनुसार अहिले पनि प्रदर्शनकारीहरुले विभिन्न स्थानका प्रहरी विटहरुमा तोडफोड तथा आगजनी गरी रहेको छन् । सेनासँग सहयोग मान्ने निर्णय गरिएको छ कि ? भन्ने प्रश्नमा प्रजिअ अधिकारीले अहिलेसम्म त्यस्तो निर्णय नगरिएको जानकारी दिए । आन्दोलनकारीहरु बिहानैदेखि ठाउँ ठाउँमा टायर वालेर विरोध गरी रहेका थिए । आन्दोलनकारीले मधेस सरकार र प्रहरी निषेधित क्षेत्र घोषणा गरेको ब्यानर चोक चोकमा टाँगेपछि त्यसलाई हटाउन गएको प्रहरीसँग झडप भएको हो जुन अहिले पनि जारी रहेको जनकपुरका कवि तथा साहित्यकार रोशन जनकपुरीले खबरडबलीलाई जानकारी दिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy