झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए। “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उहाँले भन्नुभयो ।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताउनुभयो । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८१ - १७:१८
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...
श्रावण १० गते, २०८१ - १७:०४
बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...
श्रावण १० गते, २०८१ - १६:५५
काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...
श्रावण १० गते, २०८१ - १६:४७
उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी
श्रावण १० गते, २०८१ - १६:४१
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...
श्रावण १० गते, २०८१ - १६:३२
काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...
श्रावण १० गते, २०८१ - १६:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...
श्रावण १० गते, २०८१ - १६:०२
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...
श्रावण १० गते, २०८१ - १५:४६
काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...
श्रावण १० गते, २०८१ - १५:१२
काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...
प्रतिकृया लेख्नुहोस्: