Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘म्यान्माको सशस्त्र समूहको उत्पीडनमा परी हजारौँ रोहिङ्ग्या विस्थापित’

खबरडबली संवाददाता

एजेन्सी । म्यान्माको अराकान आर्मीले गत नोभेम्बरमा सेनाप्रति बफादार (जुन्टा) सरकार र सेनामाथि आक्रमण गरेपछि रखाइनमा झडप हुँदा हजारौँ अल्पसङ्ख्यक रोहिङ्ग्या विस्तापित भएका समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका म्यान्माका अधिकारकर्मीले बताएका छन् । 

संयुक्त राज्य अमेरिकाले बढ्दो हिंसाका कारण रोहिङ्ग्या समुदाय समस्यामा परेको बताएको एक दिनपछि अधिकारकर्मीहरूले म्यानमाको जातीय सशस्त्र समूह अराकान आर्मीका कारण पश्चिमी रखाइन राज्यमा उत्पीडन बढेको र हजारौँ अल्पसङ्ख्यक विस्थापित भएको आरोप लगाएका हुन् । 

अराकान आर्मीले गत नोभेम्बरमा जुन्टा सेनामाथि आक्रमण गरेपछि रखाइनमा तनाव बढेको छ र यसले सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि जारी युद्धविराम अन्त्य भएको छ । उत्पीडनमा परेका रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका करिब छ लाख सदस्य रहेको राज्यमा जातीय रखाइन जनसङ्ख्याका लागि थप स्वायत्तताका लागि सङ्घर्ष गरिरहेको अराकन समूहले जनाएको छ । 

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको सेनाको कारबाहीका क्रममा लाखौं रोहिङ्ग्याहरू रखाइनबाट भागेका थिए । विभिन्न रोहिङ्ग्या सङ्गठनले विदेशबाट जारी गरेको संयुक्त वक्तव्यमा अराकन लडाकुहरूले गत हप्ता रोहिङ्ग्या बासिन्दालाई बुथिडाउङ शहर छोड्न बाध्य पारेको र त्यसपछि उनीहरूका घरहरू जलाएको र लुटपाट गरेको उल्लेख छ । 

अराकन लडाकुहरूले रोहिङ्ग्यालाई उनीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा नबस्न निर्देशित गरेको बताइएको छ । वक्तव्यमा रोहिंग्या समुदायमाथि भइरहेको ‘जबर्जस्ती विस्थापन र मानव अधिकार उल्लङ्घन’ अन्त्य गर्न सशस्त्र समूहलाई आह्वान गरिएको छ । अराकन आर्मीले रखाइन राज्यमा पहिलो बिजयको घोषणा गर्दै गत हप्ता बुथिडाउङलाई आफ्नो कब्जामा लिएको थियो । 

उसले शहरका बासिन्दालाई त्यहाँबाट बाहिर जान चेतावनी दिएको र त्यसपछि मानिसहरूलाई सुरक्षित स्थानमा जान सहयोग गरिरहेको बताएको छ तर विस्तृत विवरण दिएको छैन् । अराकन समूहले बुथिडाउङलाई पारेको र आफूसँग लड्न ‘बङ्गाली मुसलमानहरू’ भर्ती गरेर ‘जातीय र धार्मिक हिंसा’ भड्काएको आरोप लगाएको छ । 

रोहिङ्ग्याहरूले ‘बङ्गाली’ शब्दलाई बौद्ध बहुल म्यान्मामा हस्तक्षेपकारी कार्य गर्ने एक गालीको रूपमा प्रयोग गर्ने गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार अराकन समूहले सहरलाई तनावग्रस्त बनाएको, आगजनी गरेको र अल्पसङ्ख्यक समुदायलाई ठूलो सङ्ख्यामा विस्थापित हुन बाध्य पारेको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको थियो । 

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सप्ताहन्तमा यस्तै चेतावनी जारी गर्दै जातीय राखिन र रोहिंग्याबीच तनाव उच्च रहेको र म्यान्माको सैन्य जुन्टाले यसलाई बढावा दिइरहेको बताएका थिए । “सेनाले रोहिङ्ग्यालाई लक्षित गरी नरसंहार र मानवताविरुद्धको अन्य अपराधका साथै रखाइनमा अन्तरसाम्प्रदायिक तनाव भड्काउने कामका अतिरिक्त ‘नागरिकमाथि गम्भीर खतरा’ सिर्जना गरेको छ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले भने, “अहिले बढेको हिंसा र अन्तरसाम्प्रदायिक तनावले थप ज्यादती हुने जोखिम पनि बढाएको छ ।” मिलरले जुन्टा र सबै सशस्त्र समूहहरूलाई नागरिकहरूको सुरक्षा गर्न र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन आह्वान गरे । 

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रमा रहेका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।
सन् २०१९ मा सेना र अराकन समूहबीच भएको झडपका कारण करिब दुई लाख मानिस विस्थापित भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending