Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ओलीको प्रश्न- मिडिया सञ्चालक फौजदारी मुद्दामा पक्राउ पर्दा लोकतन्त्र कसरी खतरामा पर्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बिषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन्। 

काकडभिट्टा–लौकही सडक खण्ड शिलान्यासका लागि झापा पुगेका ओलीले सिरोहिया पक्राउको बिषयमा ह्यु एन्ड क्राई धेरै भइरहेको बताए। 

उनले भने। ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन। कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। त्यस सम्बन्धमा फौजदारी कुरा होला ।’

अरू व्यक्ति पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारगृहका सञ्चालक फौजदारी मुद्दामा पक्राउ पर्दा कसरी खतरामा पर्छ भनेर प्रतिप्रश्न गरे। 

उनले थपे, ‘यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने। एकजना मिडिया हाउका मान्छे गिरफ्तार भए डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? सही हो कि गलत भयो, म त्यता जान चाहन्न। टाइमिङ ठिक भयो कि भएन, त्यो बेग्लै कुरा होला। तर डमोक्रेसी नै खतरामा परिहाल्यो त? के सञ्चारका हकहरु खोसिएकै हुन् त? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो।’

गृहमन्त्री लामिछाने जोडिएका सहकारीका विषयमा समाचार लेखेका आधारमा पक्राउ गरिएको भन्ने आरोप पनि ओलीले अस्वीकार गरे। उनले थपे,  ‘अहिलेको गिरफ्तारी लेखेको विषयमा हो र? के लेखेको विषयमा भनेको छ सरकारले?’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीएस सम्झौताको १७ वर्ष : नेपाल बन्यो २०२३ मा सबैभन्दा धेरै कामदार पठाउने मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ...

मनाङ, मुस्ताङदेखि काठमाडौंसम्म पुग्छ चितवनमा कमलले उत्पादन गरेको च्याउ

चितवन । चितवनको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ। १२ वटा वातावरण अनुकूलित टने...

बाटो छेकेर चक्कु देखाउँदै पैसा लुटेर पर्यटकलाई आतङ्कित पार्ने समातिए

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित प...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ...

डोटीमा तीजको लागि माइत हिँडेकी महिलालाई पहिरोले पुर्‍यो

डोटी । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ।  आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो। तीजको ...

इजरायल-हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

पेरिस । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ। जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका...

सदरमुकाम नजिकै रहेर पनि ओझेलमा तनहुँको गलेखामकोट

तनहुँ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ। समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित यहाँबाट...

यी प्रदेशमा हुँदैछ हल्कादेखि भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।  मौसम पूर्वानुमान महाशाखा...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने...

सुदन किरातीको दाबी : यो सरकार दसैँ-तिहारपछि आफैँ ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy