काठमाडौं । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् ।
हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उहाँले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बताएका हुन् ।
देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शिता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकिकरण गर्र्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
लगानी प्रक्रिया, तेल र ग्याँस अन्वेषणसम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको उल्लेख यर्दै उनले यस क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत गर्दै आएको उल्लेख गरे । देशमा ऊर्जाको बढ्दो मूल्यबारे कुरा गर्दै मन्त्रीले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेका छन् । कुशल पावर प्लान्टहरूमा स्थानीय ग्यास आपूर्ति गरेर, बिजुलीको लागत कम गर्न सकिने उनले बताए । उनका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्यास नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्यासको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।
मन्त्रीले पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...
जेष्ठ ४ गते, २०८३ - ०८:२३
काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...
जेष्ठ ४ गते, २०८३ - ०८:०९
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
जेष्ठ ४ गते, २०८३ - ०८:०८
खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...
जेष्ठ ४ गते, २०८३ - ०७:५९
वासिङ्टन डिसी । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बता...
जेष्ठ ४ गते, २०८३ - ०७:५३
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छ...
जेष्ठ ४ गते, २०८३ - ०७:५२
काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करि...
जेष्ठ ४ गते, २०८३ - ०७:५०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको...
जेष्ठ ४ गते, २०८३ - ०७:४८
काठमाडौं । लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोल...



प्रतिकृया लेख्नुहोस्: