Ntc summer Offer
Khabar Dabali १९ कार्तिक २०८१ सोमबार | 4th November, 2024 Mon
Investment bank

कविता: बालुवाको ट्याङ्की

खबरडबली संवाददाता
एकसय चार वर्ष
मेरा जिजुहरूले
बालुवाको ट्याङ्किमा पानी हाले
ट्याङ्की कहिल्यै भरिएन
दुईसय तीस वर्ष
फेरि मेरा बाजे र बाले त्यसै गरे
तर बालुवाको ट्याङ्कि कहिल्यै भरिएन
जति हाले पनि नभरिने
जति दिए पनि नपुग्ने
त्यो बालुवाको ट्याङ्कीले
दिनु दु:ख दिएको छ हामीलाई...!
म अहिले मेरा जिजु र बाजे र बाको
बिरासत थाम्दै
फेरि बालुवाको ट्याङ्किमा पानी हालिरहेको छु
अबको तीस वर्ष मेरो सन्तानले
फेरि बालुवाको ट्याङ्किमा पानी खन्याउने छ
मलाई थाहा छ
त्यो बालुवाको ट्याङ्की
फेरि पनि दोहोर्याई रहनेछ उहि शृङ्खला
मेरा जिजुले भन्नुहुन्थ्यो
कान्छा !
त्यो बालुवी ट्याङ्की हाम्रो सपना हो
भाग्य र भविष्य हो
अनि बुढेसकालको साहारा हो
पानी खन्याई रहनु
पानी चढाई रहनु
पानी भरिरहनु
दिनरात अनि साँझ बिहान
तर जिजुको सपनाको ट्याङ्किमा
पानी कहिल्यै अडिएन,
पानी कहिल्यै भरिएन
त्यो बालुवाको ट्याङ्की पानी खान्छ
र हावा पठाउँछ
अनि सपनाहरू चुहिन्छन् तपतप टुटिबाट
रित्ता गाग्रीहरुको पिँधमा
कहिल्यै नअघाउने त्यो पानी ट्याङ्की
अझ पनि पानी भर्न मलाई आदेश दिइरहन्छ
जिजु.....! सोच्दैछु
जति भरे पनि कहिल्यै नभरिने
जति खन्याए पनि
कहिल्यै धारा नआउने
त्यो खिया लागेको
पुरानो छिद्रीत बालुवाको ट्याङ्कीमा
अब म पानी भर्न सक्तिन
माफ गर्नुस् जिजु
हजुरको आज्ञा मानेर
अब म सन्ततिको भविष्य
त्यो ट्याङ्किमा बन्धक बनाउन सक्तिन
त्यसैले,
फेर्नुछ आजै अनि अहिल्यै
त्यो पानी खाने राक्षसी बालुवी ढ्वाङहरू
र जडान गर्नुछ
हाइटेक र हिल्टेकका पानी ट्याङ्किहरु
घरहरूका छतमा
म अहिले
त्यसकै खोजिमा बजार निस्किएको छु........
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरलामा खानेपानी र शौचालयको अभाव

म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौ...

आन्तरिक पर्यटकको रोजाइमा ‘चिल्ड्रेन पार्क’

तनहुँ । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर...

कालिमाटी तरकारी बजारमा आजः टनेल गोलभेँडा १०० रुपैयाँ केजी हुँदा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा १००, रा...

जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

जुम्ला । सरकारले विभिन्न सेवा सुविधा लिनका लागि  राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय...

छठका लागि पाँच करोड बराबरको केरा आयात

धनुषा ।  छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार...

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

बागलुङ । झाडीले ढाकिन थालेको पाखो, त्यहीबिचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो...

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ । आइबार साँझ भक्तपुरबाट काठमाडौं जाँद...

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ । आइबार साँझ भक्तपुरबाट काठमाडौं जाँद...

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीरचेलीक...

सोमबार कहाँ–कहाँ हुदै छ वर्षा ?

काठमाडौं। देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ। हाल देशका प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy