Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

जिबी राईको पासपोर्ट रद्द गर्न नमिल्ने

खबरडबली संवाददाता

काठमाडौं । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो । 

तर त्यसबारे राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए ।   राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष निकालेको चर्माकारले बताए ।  ऐनअनुसार रद्द गर्न नमिल्ने भए पनि अरू विकल्पहरू के हुन सक्छन् भनेर अध्ययन भइ रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राहदानी रद्द गर्नका लागि जिल्ला अदालत कास्कीमा समेत निवेदन दिएको थियो । वैशाख ३० गते बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले पनि राईको राहदानी रद्द गर्न अस्वीकार गरेको थियो ।

‘राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेश बमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख्न अदालतले लेखी पठाएको,’ राहदानी ऐन, २०७६को दफा १२ को १ (ख) मा भनिएको छ। 

यसरी सहकारी ठगी सम्बन्धी व्यवस्था उल्लेख नभएको हुँदा कानुन बमोजिम गर्नू भनेर आदेश भएको थियो ।  राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन्। 

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ ।  प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले उनी मलेसियामा रहेको बताएका थिए । जसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी समेत गरेका थिए । उनलाई पक्राउ गरी ल्याउन मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले कठिन भएको प्रहरीको भनाइ थियो । उनलाई फिर्ता ल्याउन प्रहरीले उनको राहदानी नै रद्द वा रोक्का गर्ने तयारी गरेको हो। 

राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको थियो ।  दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्ने भन्ने शीर्षक उल्लेख छ ।  त्यसअनुसार (घ) मा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुन बमोजिम कालोसूचीमा परेको भएमा रोक्का गर्न सकिने भनिएको छ। 

संगठित अपराधको कसुरमा अभियोग लागेको भएमा पनि रोक्का गर्न सकिने भनिएको छ । त्यस्तै, दफा १५ मा राहदानी रद्द गर्न सकिने प्रावधान छ। त्यसअनुसार पनि प्रहरीले माग गरेको हो । 

राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । उनी ग्यालेक्सी फोर केका सञ्चालक समेत रहेका थिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy