Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

जेलभित्रको आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा मनाङे

खबरडबली संवाददाता

काठमाडौं । ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित गुल्म (चारखाल कारागार)चलान गरिएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)आफैंले १९ वर्ष पहिले निर्माण गरेको टहरामा बसेका छन् ।

मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले शुरूमा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा र त्यसपछि उच्च अदालत पाटनमा पेश गरेको थियो । अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागार चलान भएका हुन् ।

कारागारमा हाजिर गराइनासाथ उनले त्यहाँको ब्लक ‘ख’ नै रोजे, जहाँ आफैँले बनाएको दुई कोठे सुविधासम्पन्न टहरा छ । कारागारभित्र मनाङेका साथी भएका छन्, सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) घोटाला प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ।

‘हामीले उहाँहरूलाई चाहेको ब्लकमा राख्नेसम्मको कुरा गछौं’, जेलर पूर्णबहादुर खत्रीले भने, ‘ब्लकभित्रको कुन कोठामा कसरी राख्ने भन्ने कुरा आन्तरिक प्रशासनले मिलाउने हो ।’

उनका अनुसार, जेलभित्रका नाइके, भाइ नाइके रहने आन्तरिक प्रशासनले कैदी, बन्दीलाई कहाँ, कसरी राख्ने भन्ने निधो गर्छ । कारागारस्रोतका अनुसार गुरुङलाई तोकिएको पाँच वर्षको कैदलाई सर्वोच्च अदालतले सदर गरेकै दिनदेखि उनले बनाएको टहरामा बसेका कैदीले ठाउँ खाली गर्ने मनस्थिति बनाएका थिए ।

‘उहाँ आउने कुरा निश्चितै थियो, आएपछि बस्ने ठाउँ यही हो भन्ने पनि हामीलाई थाहै थियो’, आन्तरिक प्रशासनका एक सदस्यले बताए ।

मनाङे कारागाभित्र रहँदा शारीरिक व्यायाम (जिम)का निम्ति आफैंले विभिन्न सामानहरू लैजाने गरेका छन् । टहरभित्रको एउटा कोठामा सुत्ने र अर्को कोठामा व्यायामसहित भान्सा बनाउने गरेका थिए । तर, यसपटक उनी जानुअघिसम्म अरु नै थुनुवा बसेका थिए ।

‘उहाँले व्यायामको सामान मगाउनुभयो भने एउटा कोठामा राख्न सकिन्छ’, आन्तरिक प्रशासनका एक सदस्यले बताए । उनका अनुसार अघिल्ला पटक जेलमा रहँदा मनाङेले आधा दिन व्यायाम गरेरै बिताउँथे ।

मनाङेले रोजेको ब्लक ‘ख’मा विकल पौडेलबाहेक अरु ‘हाइप्रोफाइल’थुनुवा छैनन् । पौडेलअघि राष्ट्रिय उन्मुक्ति पार्टीका नेता रेशम चौधरी त्यहीँ बसेका थिए ।

बरु, सोही कारागारको ब्लक ‘क’ मा ‘हाइप्रोफाइल’ थुनुवाको संख्या बढी छ । त्यहाँ सहकारी ठगीमा पक्राउ परेका केवी उप्रेती, इच्छाराज तामाङ, कर फर्स्यौट आयोगका अध्यक्ष चुँडामणि शर्मा, सदस्यहरू लुम्बध्वज महत र उमेश ढकालसहितका थुनुवा छन् ।

चक्रे मिलन भनिने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ गते धारिलो हतियार प्रहार गरी हात काटेको घटनाका मुख्य योजनाकारका रूपमा मनाङे ०६१ सालदेखि नै उक्त कारागारमा पटकपटक राखिँदै र छाडिँदै आएका छन् । सोही घटनालाई पहिला कुटपिट मुद्दाका रूपमा अगाडि बढाइँदा पनि उनले त्यहीँ बसेर कैद भुक्तान गरेका थिए ।

उच्च अदालत पाटनले सो घटना ज्यानमार्ने उद्योगअन्तर्गत चल्ने र कैद अवधि ५ वर्ष हुने फैसला गरेपछि पनि उनले त्यहीँ ८ महिनाको कैद भुक्तान गरेका थिए । अदालतको फैसलाअनुसार उनले २८ महिना कैद भुक्तान गर्न बाँकी छन् । यसअघि उनले ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

कैद मिनाहाको माग गर्दै बुधबार नै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने मनाङेका कानून व्यवसायी दीपकमणि निरौलाले बताए ।

‘५० प्रतिशतभन्दा बढी कैद भुक्तान भइसकेको कारण बाँकी कैद मिनाहाको माग गर्दैछौं’, उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending