Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

न्यूजिल्याण्डबाट विश्वका एकसय मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका एकसयभन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्युजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड) को तथ्याङ्कले देखाएको छ । 

न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताए । न्युजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा रहेको छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि परिमाणको आधारमा अझै पनि दूधको निर्यात चीनमा नै धेरै रहेको पाइएको छ ।

सन् २००८ को तुलनामा अप्रिलमा सकिएको न्यजिल्याण्डको आर्थिक बर्षको अन्त्यसम्मको एक बर्षको अवधिमा चीन पठाइएको पाउडर दूधको निर्यात मूल्यमा ९८७ प्रतिशत वृद्धि भएको थियो भने सोही अवधिमा मूल्यको परिमाणमा एक हजार चार प्रतिशतले वृद्धि भएको स्टाट एनजेडले उल्लेख गरेको छ । 

अप्रिलमा अन्त्य भएको न्युजिल्याण्डको पछिल्लो आर्थिक वर्षभरी ३० प्रतिशत पाउडर दूध चीन पठाइएको विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताए । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको एलेनले बताए । 

गत आर्थिक बर्षमा पाउडर दूध निर्यातको मूल्य ९.७ अर्ब न्युजिल्याण्ड डलर (५.९१ अर्ब अमेरिकी डलर) रहेको थियो । यो न्यूजिल्याण्डको निर्यातको कुल मूल्यको १४ प्रतिशत हो । पाउडर दूध न्युजिल्याण्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको स्टाट्स एनजेडको तथ्याङ्कले पुष्टि गरेको छ । 

अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डको वार्षिक पाउडर दूध निर्यात औसतमा प्रति वर्ष १.८ किलोग्रामले वृद्धि भएको छ भने मूल्य १०९ प्रतिशत बढेको छ । त्यस्तै निर्यात दूधको मात्रामा ११२ प्रतिशतले वृद्धि भएको छ । 

स्टाट एनजेडको तथ्याङ्क अनुसार सन् २०२३ को अप्रिलसम्मको एक बर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको थियो ।  न्युजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको एलेनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending