पर्सा । सरकारी कृषि औजार केन्द्र जिम्मा लिएको आविष्कार केन्द्रले दश किसिमका औजार बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको हो ।
हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताएका छन् । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताएका छन् । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने ।
इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - २१:५८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...
बैशाख १९ गते, २०८३ - २१:४५
‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,
बैशाख १९ गते, २०८३ - २१:४१
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...
बैशाख १९ गते, २०८३ - २१:३८
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...
बैशाख १९ गते, २०८३ - २१:३४
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...
बैशाख १९ गते, २०८३ - २१:२९
खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...
बैशाख १९ गते, २०८३ - २१:२१
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...
बैशाख १९ गते, २०८३ - २१:१८
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, ...
बैशाख १९ गते, २०८३ - २१:१६
कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...
बैशाख १९ गते, २०८३ - २१:०९
काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...


प्रतिकृया लेख्नुहोस्: