Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

महालेखा परीक्षकको प्रतिवेदन- सेवाग्राहीको सास्ती हटेन

खबरडबली संवाददाता

काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा दैनिक दुई सय ५० जनाभन्दा बढी बिरामी आउने गर्छन् । यस अस्पतालमा चारवटा मेसिनबाट रेडियो थेरापीबाट सेवा दिँदै आएको आएको छ जसका कारण  बिरामीले ४५ दिनसम्म कुर्नपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । 

सोही अस्पतालमा मेसिन उपकरण प्रयोगविहीन छ । अस्पतालले २०७९ साल चैतमा खरिद गरेको रक्त क्यान्सरको चरण पत्ता लगाउने मेसिन दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु एक करोड  १८ लाख ६५ हजारमा खरिद गरेर गरिएको थियो । यस अस्पतालमा क्यान्सर रोगको अति आवश्यक पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिको रोगको उपचार पाउन नसकेको उक्त प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकामा ६१ वटा मात्र प्रयोगमा रहेको बताइएको छ । उक्त केन्द्रमा दैनिक एक सय १० बिरामीले डायलासिस गराउने र बाँकी सात सय बिरामी प्रतीक्षारत रहनुपर्ने बाध्यता छ । बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो कुर्नपर्ने अवस्था छ ।

केन्द्रमा  मुटुको शल्यक्रियामा प्रयोग हुने इसिएमओ हर्टलङ्ग मेसिन जनशक्ति अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु दुई करोड ६९ लाखमा खरिद गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरले मुटु रोगको उपचारका लागि खरिद गरिएको क्याथल्याब मेसिन प्रयोगविहीन छ । २०६९ सालदेखि दक्षजनशक्तिको अभावमा प्रयोगविहीन बनेको उक्त मेसिन रु चार करोड ७३ लाखमा खरिद गरिएको थियो । सुविधासम्पन्न रिफरल सरकारी अस्पतालमा समेत बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नपर्ने बाध्यता यथावत् रहेको प्रतिवेदनले उल्लेख गरेको छ । सरकारी अस्पतालमा समयमा शल्यक्रियाको सेवा नपाउँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य हुने गरेको भन्दै प्रतिवेदनले भौतिक तथा जनशक्तिको सुधारका लागि सुझाव दिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) सुविधा सम्पन्न रेफरल अस्पताल भए पनि बिरामीले विभिन्न शल्यक्रियाका लागि तीन महिनासम्म कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा युरोलोजी कस्मेटिक सर्जरीका लागि १ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । देशको एक मात्र सरकारी बालअस्पताल, कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवाका लागि टिकट वितरणदेखि शल्यक्रियाका लागि धेरै समय कुर्नपर्ने बाध्यता प्रतिवेदनमा उल्लेख छ ।     

हाइड्रोसिलको शल्यक्रिया गर्न ६ देखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष बिरामीले कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति हुन नसकेको उल्लेख छ ।     अस्पतालमा शय्याको अभाव, इको, क्याथल्याब र सिसियु नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लास्ट, एन्जियोग्राफी लगायत सेवा उपलब्ध हुन नसकेको उल्लेख छ । 

यस्तै, भक्तपुर  अस्पतालमा पत्थरी, ट्युमर लगायतको शल्यक्रियाका लागि बिरामीले कम्तीमा ३ महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआरआई मेसिन क्याथल्याब मेसिन नभएको कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । 

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत आवश्यक जनशक्तिको पदपूर्तिका लागि महालेखापरीक्षकको प्रतिवेदनले सुझाव समेत दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ । खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको जस्ता ब्यहोरामा पुनरावृत्ति नहुने गरी सुधार गर्न महालेखाले सुझाव दिएको हो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending