काठमाडौं । दोहाबाट डब्लिन जाँदै गरेको विमानमा टर्ब्युलेन्स हुँदा १२ जना घाइते भएका छन् । डब्लिन एयरपोर्ट अपरेटर डीएएका अनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्ब्युलेन्सको सामना गर्यो ।
कतार एयरवेजको फ्लाइट क्युआर ०१७ स्थानीय समय अनुसार दिउँसो १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।
रिपोर्टहरूका अनुसार, टर्ब्युलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमा आठ जनालाई अस्पताल लगिएको छ । डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र फिर्ता उडानहरू समयमै आइपुगेको बताएको छ।
कतार एयरवेजले बीबीसी न्यूज एनआईलाई एक विज्ञप्तिमा भन्यो, “उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।”
यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा गम्भीर टर्ब्युलेन्सका कारण एक ७३ वर्षीय ब्रिटिश व्यक्तिको मृत्यु भयो । यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए, जसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...
जेष्ठ ४ गते, २०८३ - ०८:२३
काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...
जेष्ठ ४ गते, २०८३ - ०८:०९
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
जेष्ठ ४ गते, २०८३ - ०८:०८
खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...
जेष्ठ ४ गते, २०८३ - ०७:५९
वासिङ्टन डिसी । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बता...
जेष्ठ ४ गते, २०८३ - ०७:५३
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छ...
जेष्ठ ४ गते, २०८३ - ०७:५२
काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करि...
जेष्ठ ४ गते, २०८३ - ०७:५०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको...
जेष्ठ ४ गते, २०८३ - ०७:४८
काठमाडौं । लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोल...



प्रतिकृया लेख्नुहोस्: